समायोजन खबर काठमाण्डौ,
नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै चिन्ताजनक रहेको डाक्टरहरुले बताएका छन् । ३ हप्तादेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका ८४ वर्षीय नेता अधिकारीलाइ चिकित्सा विज्ञानका सबै सुत्र प्रयोग गर्दा पनि बचाउन मुश्किल देखिएको अस्पतालका डाक्टर हेमराज पनेरुले जानकारी दिनुभयो ।
अधिकारीको मुटु र फोक्सो सहित शरिरका सबै महत्वपूर्ण अंगले काम गर्न छाडेका छन् । उहाँले २५ घन्टादेखि पिसाब पनि नगरेको र कृत्रिम श्वास दिएर भेन्टिलेरमा राखिएको अस्पतालले जनाएको छ ।
२०७५ फागुन १८ गते साँझ ५ : ४६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology