समायोजन खबर काठमाण्डौ,
सेना, नेपालप्रहरी र सशस्त्र प्रहरीले अर्काे वर्षदेखि एउटै गुणस्तरका कपडा खरिद गर्ने भएका छन् । समान गुणस्तरमा रङमात्र फरक पर्ने गरी टेन्डर गर्ने सुरक्षा निकायले तयारी गरेको हो । सुरक्षाकर्मीले पाउने कपडासहित स्केलका सामानको गुणस्तर निर्धारण गर्न नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशकको संयोजकत्वमा एक समिति नै बनेको छ । समितिमा सेना, नेपाल प्रहरी र सशस्त्रका प्रतिनिधि सदस्य छन् ।
कपडाको गुणस्तर एउटै हुने र ती सामानको रङमात्र फरक गरी टेन्डर गर्ने सुरक्षानिकायको तयारी छ । ज्याकेट, सर्ट, पाइन्ट, स्विटर, जुत्तालगायत सबै स्केलका सामानको निश्चित गुणस्तर निर्धारण गर्न लागिएको छ । यसअघि सुरक्षानिकायले खरिद गर्ने कपडालगायत स्केलका सामानको नमुना परीक्षण गर्नसमेत भारत पठाउनुपर्ने अवस्था थियो । अब नेपालमै परीक्षण हुनेछ ।
२०७५ फागुन १५ गते बिहान १० : ४३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology