• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सरकारी चिकित्सक संघले आज देशैभरका अस्पतालमा सेवा ठप्प पार्ने

सरकारी चिकित्सक संघले आज देशैभरका अस्पतालमा सेवा ठप्प पार्ने


समायोजन खबर
  • बुधबार, फाल्गुन १५ २०७५

  • सांकेति तस्विर

    समायोजन खबर काठमाण्डौ,
    सरकारी चिकित्सक संघ (गोदान) ले सरकारलाई दिएको ७२ घन्टे अल्टिमेटम आज सकिएको छ । आफूहरुको माग पुरा नगरेको भन्दै गोदानले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएको छ । कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउदै देशभरका सरकारी चिकित्सकहरुले आज सरकारी अस्पतालमा सेवा ठप्प पार्ने भएको हो ।

     

    संघीयता कार्यान्वयनका क्रममा समायोजन गर्दा सरकारी चिकित्सक माथि भेदभाव गरिएको भन्दै गोदानले आन्दोलन गर्दै आएको छ । गोदानले माग पुरा गर्न सरकारलाई हिजोसम्मको समयसिमा दिएको थियो । गोदानका अध्यक्ष डा दिपेन्द्र पाण्डेले आफ्ना माग पुरा नभए सबै सरकारी डाक्टरले सामुहिक राजिनामा दिने बताउनुभएको छ ।यसैबीच, आज सरकारले मनाउने स्वास्थ्य सेवादिवस पनि गोदानले बहिस्कार गर्ने भएको छ ।

    २०७५ फागुन १५ गते बिहान १० :३० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology