• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

५ सय २१ जना रोजगार संयोजक उत्तीर्ण,हेर्नुहोस

५ सय २१ जना रोजगार संयोजक उत्तीर्ण,हेर्नुहोस

प्रदेश १ मा ६७ जना मात्रै


समायोजन खबर
  • सोमबार, फाल्गुन १३ २०७५

  • समायोजन खबर काठमाण्डौ,
    प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न माग गरिएको रोजगार संयोजकका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार प्रकाशित नतिजा अनुसार ५ सय २१ जना उत्तीर्ण भएका छन् । सार्वजनिक नतिजा अनुसार प्रदेश नम्बर ५ बाहेक कुनै पनि प्रदेशमा मागे जति सङ्ख्यामा परिक्षार्थी उत्तीर्ण भएनन् । प्रदेश १ मा १३० जना शाखा अधिकृत माग गरिएकोमा ६७ जना मात्रै उत्तीर्ण भएका छन् । नायब सुब्बामा ७ जनाको माग गरिएकोमा ५ जना मात्रै उत्तीर्ण भएका छन् ।

     

    प्रदेश २ मा १३६ जना शाखा अधिकृत माग गरिएकोमा ९८ जना मात्रै उत्तीर्ण भएका छन् । प्रदेश ३ मा ११२ जना शाखा अधिकृत माग गरिएकोमा ९५ जना मात्रै उत्तीर्ण भएका छन् । नायब सुब्बामा ७ जनाको माग गरिएकोमा ७ जनाले नै परीक्षा उत्तीर्ण गरेका छन् । गण्डकी प्रदेशमा ७४ जना शाखा अधिकृत माग गरिएकोमा ६१ जना मात्रै उत्तीर्ण भएका छन् । नायब सुब्बामा ११ जनाको माग गरिएकोमा ११ जना मात्रै उत्तीर्ण भएका छन् । प्रदेश ५ मा १०९ जना शाखा अधिकृत माग गरिएकोमा १०९ जना नै उत्तीर्ण भएका छन् । कर्णाली प्रदेशमा ६२ जना शाखा अधिकृत माग गरिएकोमा २० जना मात्रै उत्तीर्ण भएका छन् । नायब सुब्बामा १७ जनाको माग गरिएकोमा ९ जना मात्रै उत्तीर्ण भएका छन् । सुदूरपश्चिम प्रदेशमा ८२ जना शाखा अधिकृत माग गरिएकोमा ३३ जना मात्रै उत्तीर्ण भएका छन् । नायब सुब्बामा ६ जनाको माग गरिएकोमा ६ जना नै उत्तीर्ण भएका छन् । ७ प्रदेशबाट ७ सय ५३ जना माग गरिएको ५ सय २१ जना मात्रै उत्तीर्ण भएका छन् । नतिजा http://www.pmep.gov.np/site/shortlist गएर हेर्न सकिनेछ ।

     

    ७५३ स्थानीय तहका लागि खुलाइएको विज्ञापनमा आवदेन दिएकामध्ये छनोटमा परेकाहरुको परीक्षा कम्प्युटर मार्फत शनिबार र आइतबार ललितपुरको पुल्चोकमा रहेको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको थियो । रोजगार संयोजकका लागि ३० मिनेट समय तोकेर ५० अंकका लागि कम्प्युटर प्रणालीबाट २५ वटा प्रश्न सोधिएको थियो । अनलानबाटै करिब २४ हजारले आवेदन दिएकोमा २ हजार २ सय ६२ जना परीक्षामा सामेल भएका थिए । ७ सय ५३ जनाका लागि २३ हजार ९ सय ६८ जनाको आवेदन परेकोमा पहिलो चरणबाट २२ सय ५९ जना छानिएका थिए । आवेदकको शैक्षिक योग्यताको लब्धाङ्क प्रतिशत र अनुभवका आधारमा प्रारम्भिक छनोट गरिएको थियो ।

    रोजगार संयोजकको भर्ना प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन भन्दै सरकारले नेपालमै पहिलो पटक अनलाइनबाटै परीक्षा लिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक प्रकाश दाहालले बताउनुभयो । अन्तिम छनौटमा परेका उम्मेदवारहरूलाई योग्यताक्रम अनुरूप आफुले रोजेको स्थानीय तहमा काम गर्ने छनौटको अवसर दिई सात दिनभित्र करार सम्झौता गरी तोकिए बमोजिमको जिम्मेवारी बहन गर्न सम्बन्धित स्थानीय तहमा खटाइने छ । रोजगार संयोजकले स्थानीय तहमा रहेका बेरोजगार व्यक्तिको तथ्याङक सङ्कलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने, सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र प्रदान गर्ने छन् ।
    २०७५ फागनु १३ गते राती ८  : ०५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology