• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

डेभिज फल्स (पाताले छाँगो)

डेभिज फल्स (पाताले छाँगो)


समायोजन खबर
  • सोमबार, फाल्गुन १३ २०७५

  • डेभिज फल्स

    समायोजन खबर खोटाङ,
    पाताले छाँगो वा डेभिज फल्स (Davis Falls)को नामले चिनिने यो झरना कास्की जिल्लाको पोखरामा अवस्थित छ । जमीनको सतहभन्दा तल गुप्तेश्वर गुफातर्फ झर्ने यो झरना वर्षायाममा हेर्न लायकको छ । डेभी नाम गरेकी एक स्विस पर्यटक यस झरनाबाट खसेर बेपत्ता भएको हुनाले यस झरनाको नाम डेभिज फल्स रहन गएको हो । एउटा प्राकृतिक सुरुंगको माध्यमबाट यो झरना लगभग ५०० फिट माथिबाट जमिनस्तरभन्दा १०० फिट तल सम्म झर्दछ ।

     

    सन् १९६१ मा फेवा तालमा पौडदै गर्दा एक जना स्विस पर्यटक अप्रत्यासित रुपले आएको बाढीको कारण पानीमै बगीन र उसलाई उसको श्रीमानले जोगाउन सकेन यसै प्रकार, त्यस महिलाको शरीर कहिले पनि भेटाउन सकिएन जसको फलस्वरूप यस पाताले छाँगोलाई त्यस महिलाको नाम बाटै डेभिज फल नामाङ्कित गरिएको हो ।

    डेभिज फल्स

    डेभिज फल्समा अधिकांश भारतीय पर्यटक आउने गरेका छन् । डेभिज फल्स परिसरभित्र पानीको झरनाबाहेक ‘विसपुल’ र ‘मनोरञ्जन पार्क’ पनि आकर्षक स्थलहरू हुन् । शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरूले पनि यस स्थललाई पहिलो रोजाइ बनाउने गरेका छन् । डेभिज फलको प्राचीन नाम ‘पातले छाँगो’ हो । स्थानीय छोरेपाटन उच्च माविले यसको संरक्षणको जिम्मा लिएको छ ।

    डेभिज फल्स

    विकिपिडियाको सहयोगमा
    २०७५ फागुन १३ गते अपरान्ह १  :५१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology