• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

समायोजन विरुद्ध सरकारी चिकित्सक, सामूहिक राजीनामा दिने चेतावनी

समायोजन विरुद्ध सरकारी चिकित्सक, सामूहिक राजीनामा दिने चेतावनी


समायोजन खबर
  • आइतबार, फाल्गुन ५ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ,
    सरकारी चिकित्सकहरूले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । कर्मचारी समायोजनको विरोध गर्दै उनीहरूले राजीनामा दिने चेतावनी दिएका हुन् । सरकारी चिकित्सक सङ्घ (गोदान) ले आज पत्रकार सम्मेलन गर्दै सरकारी चिकित्सकहरूको समायोजन प्रक्रिया नै गैरकानुनी रहेको भन्दै त्यसविरुद्धका आन्दोलनका कार्यक्रम अघि सारेको हो ।

     

    पत्रकार सम्मेलनमा गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले ११औँ तहसम्मका चिकित्सकलाई प्रदेश र गाउँपालिकामा नै खुम्चाउने र सरुवा, बढुवा नगर्ने नियतले समायोजन गर्न खोजिएको बताउनुभयो । स्वास्थ्य मन्त्रालयले गत पुस २९ गते चिकित्सकहरुसँग गरेको सम्झौतामा सबै चिकित्सकलाई केन्द्र अन्तर्गत राख्ने र मन्त्रालयले आवश्यकता अनुसार विभिन्न ठाउँमा खटाउने उल्लेख छ । तर, सम्झौता कार्यान्वयन नभएको भन्दै सरकारी चिकित्सकहरु फेरि आन्दोलित भएका हुन् ।
    २०७५ फागुन ५ गते साँझ ६ : २० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology