• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भक्तजन र पर्यटकको केन्द्रविन्दु ‘पाथीभरा भगवती मन्दिर’ (फोटो फिचर)

भक्तजन र पर्यटकको केन्द्रविन्दु ‘पाथीभरा भगवती मन्दिर’ (फोटो फिचर)


चिसाङ शेर्पा
  • आइतबार, फाल्गुन ५ २०७५

  • भेडेटारमा अवस्थित पाथीभरा भगवती मन्दिर । फोटो चिसाङ शेर्पा भेडेटार

    चिसाङ शेर्पा (भेडेटार धनकुटा)
    धनकुटाको भेडेटारमा अवस्थित पाथीभरा भगवती मन्दिर र शिव महादेव मन्दिर भक्तजन र पर्यटकको केन्दविन्दु बन्ने गरेको छ । धनकुटा नगरपालिका–४ भेडेटारमा अवस्थित पर्यटकीय गन्तब्यस्थल भेडेटारमा रहेको दुइ मन्दिरमा घुम्दै मन्दिर दर्शन तथा अवलोकन गर्नेहरुका लागि केन्द्रविन्दु बनेको हो ।

    भेडेटारमा अवस्थित पाथीभरा भगवती मन्दिर । फोटो चिसाङ शेर्पा भेडेटार

    भेडेटारडाँडामा रहेको पाथीभरा भगवती मन्दिरमा दर्शन गरेमा निसन्तानले सन्तान पाउने, बोली नहुनेको बोली आउने, मागेको कुरा पूरा हुने लगायत विश्वास रहेको छ । मन्दिर दर्शनका लागि विशेषगरी शनिबार भक्तालुहरुको भीड लाग्ने गरेको छ ।

    फोटो चिसाङ शेर्पा भेडेटार

    यस्तै, सोही मन्दिरको पुर्वपट्टि खोटाङको हलेसी महादेव मन्दिरको शाखाको रुपमा परिचित शिव महादेव मन्दिरभित्र सुम्निमा पारुहाङ (शिव पार्वती) र शिवलिंग एकैसाथ राखिएको छ । यहाँको शाहकारी मन्दिरमा आएर दर्शन गरेमा आयु बढ्ने, आफूले भाकल गरेको पूरा हुने जनविश्वास रहेको पुजारी हर्कजंग लिम्बुले बताउनुभयो ।

    भेडेटारमा अवस्थित शिव महादेव मन्दिर । फोटो चिसाङ शेर्पा भेडेटार

    समुन्द्री सतहबाट १४ सय ५१ दशमलब १५७ मिटरमा अवस्थित दुबै मन्दिरबाट सप्तकोशीको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमश्रृंखलाहरू एकै पटक हेर्न सकिन्छ । सुनसरीको धरानबाट १७ किलोमिटर र धनकुटा सदरमुकामबाट ३६ किलोमिटर गाडी चढेर भेडेटार बजार पुग्न सकिन्छ । र, त्यहाँबाट आधा घण्टा पैदल यात्रापछि मन्दिर पुगिन्छ ।

    भेडेटारमा अवस्थित शिव महादेव मन्दिर । फोटो चिसाङ शेर्पा भेडेटार

    २०७५ फागुन ५ गते विहान ९  : ४६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology