समायोजन खबर भोजपुर,
जिल्ला प्रहरी कार्यालय भोजपुरले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले भोजपुर डबली मेला भर्न आएका उनीहरूबाट चार हजार नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार थेवेले जानकारी दिए ।
पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रमुख थेवेले बताए । अन्यको पनि संलग्नता हुने आशङ्कामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । डबली मेलामा किनमेल गर्ने क्रममा नक्कली नोट फेला परेको हो । नक्कली नोट देखाएर ठगी गर्ने सम्भावना रहेकाले प्रहरीले सबैलाई सजग रहनसमेत आग्रह गरेको छ ।
२०७५ माघ २५ गते राती ८ : ०४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology