समायोजन खबर विराटनगर,
आजदेखि प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति दिन थालिएको छ । विराटनगरबाट पहिलो श्रम स्वीकृती धनकुटाको चौबिसे गाउँपालिका–५ बोधेका विजय खड्कालाई दिइएको संगै श्रम स्वीकृती दिन थालिएको हो ।
एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले विजयलाई कतारको लागि पुन श्रम स्वीकृत प्रदान गर्नुभएको हो । तीन महिनाको विदामा घर आउनुभएका विजयले विराटनगरबाटै श्रम स्वीकृती पाएपछि खुशी लागेको बताए । काठमाण्डौ गएर श्रम स्वीकृत लिन निक्कै समय लाग्ने र झण्झटिलो हुँदा धेरै खर्च लाग्ने भन्दै उहाँले आफ्नै ठाउँबाट श्रम स्वीकृति लिन पाउँदा खर्च र समयको बचत भएको बताएका छन् ।

उहाँ जस्ता धेरै श्रम स्वीकृतिको लागि विराटनगरमा रहेको श्रम कार्यालयमा आउन थालेका छन् । पहिलो चरणमा नै श्रम स्वकृती प्रदान गर्ने भनिएको विराटनगर श्रम कार्यालयमा विभिन्न कारण देखाउँदै मन्त्रालयले पोखरा र बुटवलबाट मात्र पहिलो चरणमा श्रम स्वीकृती दिन थालेको थियो ।
२०७५ माघ २३ गते दिउँसो २ : २४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology