• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साउदी, कतार, युएई, मलेसियाको पैसाको मुल्य बढ्यो

साउदी, कतार, युएई, मलेसियाको पैसाको मुल्य बढ्यो


समायोजन खबर
  • मंगलबार, माघ २२ २०७५

  • समायोजन खबर काठमाण्डौ,

    मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ । केही दिन स्थिर रहेको भाउ मंगलबार बढेको हो । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११५ रुपैयाँ १९ पैसा तोकेको छ । सोमबार डलरको खरिददर ११३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११४ रुपैयाँ २९ पैसा थियो ।

     

    साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा छ । सोमबार खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा थियो । यस्तै मंगलबार कतारी रियाल १ को ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा तोकिएको छ । सोमबार यसको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा थियो ।  यस्तै यूएई दिर्हाम १ को ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा पुगेको छ । सोमबार खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ १२ पैसा थियो । मलेसियन रिंगिट १ को २७ रुपैयाँ ९९ पैसा र बिक्रीदर २८ रुपैयाँ १४ पैसा तोकिएको छ । सोमबार रिंगिटको खरिददर २७ रुपैयाँ ७६ पैसा र बिक्रीदर २७ रुपैयाँ ९० पैसा थियो ।


    त्यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ २३ पैसा र बिक्रीदर १० रपैयाँ २८ पैसा छ । सोमबार यसको भाउ घटेर खरिददर १० रुपैयाँ १६ पैसा र बिक्रीदर १० रुपैयाँ २१ पैसा थियो । कुवेती दिनार १ को खरिददर ७७७ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ९७ पैसा तथा बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ९५ पैसा तथा बिक्रीदर ३०५ रुपैयाँ ५४ पैसा तोकिएको छ । सोमबार कुवेती दिनार १ खरिददर ३७५ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ १४ पैसा तथा बहराइन दिनारको १ को खरिददर ३०१ सय ५७ पैसा र बिक्रीदर ३०३ रुपैयाँ १६ पैसा थियो ।
    ०७५ माघ २२ गते दिउँसो २ : ४२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology