• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

फागुन ३ भित्रमा कर्मचारी समायोजनको काम सक्ने तयारी

फागुन ३ भित्रमा कर्मचारी समायोजनको काम सक्ने तयारी


समायोजन खबर
  • सोमबार, माघ १४ २०७५

  • सांकेतिक तस्विर ।

    समायोजन खबर काठमाण्डौ,
    सरकारले आगामी फागुन ३ गतेभित्रमा कर्मचारी समायोजनको काम सक्ने गरी तयारी अघि बढाएको छ । पहिलो चरणमा सङ्घअन्तर्गत रहेका सेवा समूहको समायोजन सकेर मन्त्रालयले तीनै तहमा रहेका कार्यालयमा कर्मचारीलाई समायोजन गर्ने तयारी गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।

     

    प्रवक्ता अधिकारीले उपसचिवदेखि तल्लो तहका कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गर्नका लागि कर्मचारीको विवरण अद्यावधिक गर्ने काम भइरहेको जानकारी दिनुभयो । सचिवको समायोजन सकेर सहसचिवको समयोजन गर्ने तयारी सरकारको छ । सङ्घमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारी समायोजन हुनेछन् । सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेशलाई प्रतिनिधिसभाबाट गत पुस १७ र राष्ट्रियसभाबाट पुस २० गते पारित गरिएको थियो ।
    २०७५ माघ १४ गते साँझ ५ : ५३मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology