समायोजन खबर काठमाण्डौ,
राष्ट्रिय किसान आयोगले कृषि उपजको सही मुल्य किसानलाई दिलाउनको लागि विषेश पहल गर्ने भएको छ । बजारको व्यवस्थापन राम्रो नहुँदा र बिचौलियाका कारण आफ्नो उत्पादनको राम्रो मुल्य नपाएका किसानहरुको समस्या समाधानका लागि आयोगले विशेष पहल गर्ने आयोगका प्रवक्ता रविन्द्र केसीले बताउनुभयो ।
उहाँले आयोगले छिट्टै नै मूल्य निर्धारण आयोग गठन गर्नेे र किसानहरुका सबै समस्याको समाधान गर्न पहल गर्ने बताउनुभयो । वास्तविक किसानले सरकारी सेवा सुविधा पाउन नसकेका विषयमा पनि आयोग गम्भिर रहेको उहाँको भनाइ छ । उहाँले आयोगले सबै किसानको गुनासो सुन्ने भएकाले कृषि सम्बन्धी कुनै समस्या परेमा आयोगमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।
२०७५ माघ १० गते बिहान ९ : २० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology