• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विदेश जानेले आजबाट श्रम स्वीकृतिका सबै काम प्रदेशबाटै गर्न पाउने

विदेश जानेले आजबाट श्रम स्वीकृतिका सबै काम प्रदेशबाटै गर्न पाउने


समायोजन खबर
  • आइतबार, पौस १५ २०७५

  • समायोजन खबर काठमाण्डौ,
    आजबाट वैदेशिक रोजगारीमा जानेले श्रम स्वीकृति जस्ता वैदेशिक रोजगारीका विभिन्न काम प्रदेशतहबाट गर्न पाउने भएका छन् । केहिदिन अघि बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरिसकेपछि अब ति सेवा सरकारले आजदेखि प्रदेशतहबाटै दिन लागेको हो । आजदेखि श्रम स्वीकृतिको प्रकृया व्यक्तिगत रूपमा र म्यानपावर कम्पनीका शाखाले पनि गर्ने व्यवस्था गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डाक्टर नारायण रेग्मीले बताउनुभयो ।

     

    प्रदेश तह र श्रम कार्यालयबाट सेवा दिने कार्यालयमा झापा, विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी रहेका छन् । सरकारले प्रदेशतहबाटै सेवा दिने निर्णय गरेर कार्यान्वयमा ल्याएपछि यसअघि वैदेशिक रोजगारीमा जानुअघि पु¥याउनुपर्ने प्रक्रियाका लागि राजधानी आउनुपर्ने बाध्यता हटेको छ । तर सबै प्रक्रिया राजधानी बाहिरबाट गरिहाल्न कठिन हुने भन्दै म्यान पावर व्यवसायीको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघले भने आफूले गर्न नसक्ने जनाएको छ ।
    २०७५ पुस १५ गते बिहान ११: ५१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology