• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

इन्डोनेसियामा सुुनामीबाट मुत्यु हुनेको संख्या ४२८ पुग्यो

इन्डोनेसियामा सुुनामीबाट मुत्यु हुनेको संख्या ४२८ पुग्यो


समायोजन खबर
  • मंगलबार, पौस १० २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ,
    इन्डोनेसियामा गएको शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट मृत्यु हुनेको संख्या ४ सय २८ पुगेको छ । यस प्रकोपमा एक हजार २१ जना घाइते हुनुका साथै ७७ जना अझै बेपत्ता रहेको इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले जनाएको हो । प्रकोपका कारण हजारौं स्थानीयवासी विस्थापित भएका छन् । ज्वालामुखी विस्फोटपछि आएको सामुद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको विवरण प्राप्त भएको छ ।

     

    इन्डोनेसियाका सुन्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको ज्वालामुखी विस्फोट र त्यसपछि भीषणरुपमा आएको सुनामीका कारण आज बिहानसम्म ३ सय ९७ जनाको मृत्यु भएको पाइएको थियो । यस प्रकोपका कारण दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौं भवन ध्वस्त भएका छन् । खोज तथा उद्धारको कार्य अझै जारी रहेकाले मृतकको संख्या अझै बढ्नसक्ने विभागले जनाएको छ । इन्डोनेसियामा ज्वालामुखी विस्फोट र भूकम्पको उच्च जोखिम रहने गरेको छ ।
    २०७५ पुस १० गते साँझ ६ : ५६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology