• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गर्बधारणको लागी उपयुक्त महिनाहरु

गर्बधारणको लागी उपयुक्त महिनाहरु


समायोजन खबर
  • आइतबार, पौस ८ २०७५

  • यो संसारका धेरै प्राणीको बच्चा जन्माउने प्राकृतिक समय छ । प्रकृतिले नै उनीहरुको सहवास र सन्तान उत्पादन प्रक्रिया नियन्त्रण गरिरहेको छ । तर, मानवले हरेक प्राकृतिक कुरा उलंघन गर्दै आइरहेको छ । वर्तमान युगमा पुगेपछि फेरि बहश आरम्भ भएको छ, मान्छेले चाहिँ कहिले सन्तान जन्माउँदा उपयुक्त ?

    यस विषयमा अनुसन्धान भइरहेका छन् । आफूले जन्म दिने सन्तान स्वस्थ होस् भन्ने हरेकको चाहना हुन्छ । ९ महिनासम्म कोखमा राखेको शिशु जन्मदा पूर्ण रुपमा स्वस्थ भएको देख्ने चाहना अस्वभाविक पनि होइन । यही भएर वैज्ञानिकहरुको ध्यान पनि कहिले बच्चा जन्माउँदा उपर्युक्त हुन्छ भन्ने तर्फ केन्द्रित भएको छ ।

    वैज्ञानिकहरु भन्छन्– बच्चा गर्भाधारणको लागि सबैभन्दा उपर्युक्त समय डिसेम्बर र जनवरी महिना हो । ५ करोड २० लाख गर्भवती महिलामा १२ वर्ष लामो समय लगाएर गरिएको अध्ययनमा धेरै दम्पत्तीले यी दुई महिना रोजेका थिए । सकभर गर्मी महिनामा गर्भवती नबन्न पनि अनुसन्धनमा संलग्न इन्डियान युनिर्भसिटीका वैज्ञानिकहरुले सुझाब दिएका छन् ।

    जनवरी र डिसेम्बरमा गर्भवती हुने महिला गर्भाअवस्थाको अन्तिम समयमा उच्च मात्रामा सूर्यको प्रकाश पाउने अध्ययन टोलीका प्रमुख डा. पउल विनचेस्टर बताउँछन् । आमाले लिएको तापक्रममार्फत प्राप्त हुने भिटामिन डीले शिशुलाई स्वस्थ बनाउने उनीहरुको भनाई छ ।

    जुन महिनामा गर्भाधारण स्वास्थ्यका लागि हानिकार हुने उनीहरुको दाबी छ । गर्मी मौसमा खेतीपातीमा प्रशस्त मात्रामा विषाधीको प्रयोग हुने र हावामार्फत त्यसको असर गर्भधारण गर्ने महिलामा पर्ने उनीहरुको तर्क छ । अध्ययन टोलीले डिसेम्बरमा गर्भाधारण गरी सेप्टेम्बरमा बच्चा जन्माउने अभिभावकको संख्या बढी भएको जनाएको छ ।

    अध्ययनको परिणामलाई अमेरिकन सोसाईटी फर रिप्रोडक्टिभ मेडिसियनको वैठकमा पेस गर्दै अध्ययन समूहले अगाडि लेखेको छ– रसायनको मौसमी प्रभाव र आईभीएफ गर्भधारणमा भिटामिन डीको प्रभावबारे पछिल्लो समयमा चासो बढेको छ । अध्ययन टोलीले जुनमा गर्भाधारण नगर्न पनि सबै दम्पत्तीलाई सुझाब दिएको छ । अमेरिकाको सन्र्दभमा भने सेप्टेम्बर भन्दा पनि मार्च महिनामा बढी बच्चा जन्माइने गरेको एक अध्ययनमा उल्लेख छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology