• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अब नेपालले स्याटलाइट तस्बिर किन्न नपर्ने, चीनले सित्तैमा दिने

अब नेपालले स्याटलाइट तस्बिर किन्न नपर्ने, चीनले सित्तैमा दिने


समायोजन खबर
  • बिहिबार, पौस ५ २०७५

  • काठमाडौं– उत्तरी छिमेकी चीनले नेपाललाई निःशुल्क स्याटलाइट तस्बिर उपलब्ध गराउने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपाललाई आवश्यक पर्ने त्यस्ता तस्विर सित्तैमा उपलब्ध हुने गरी चीन सरकारसँग सम्झौता भएको जानकारी दिइन। ‘विगतमा भूउपग्रहबाट खिचिएका तस्विर किनेर प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ’

    , उनले भनिन्, ‘उत्तरी छिमेकी चीनसँग ५ वर्षका लागि सम्झौता गरेका छौं।’मन्त्री अर्यालका अनुसार अनुसार चीनमा आयोजित राष्ट्रसंघीय विश्व भौगोलिक सूचना व्यवस्थापन सम्मेलनका क्रममा नेपाल र चीनबीच स्याटलाइट तस्बिर निःशुल्क उपलब्ध गराउनेबारे सम्झौता भएको हो। सम्झौतापत्रमा नेपालका तर्फबाट सहसचिव जनकराज जोशीले हस्ताक्षर गरेका थिए।‘

    उक्त सम्झौताका कारण अब स्याटलाइट इमेज किन्नुपर्ने अवस्थाको अन्त्य भएको छ। तस्विरका लागि अब पैसा तिर्नुपर्दैन’, मन्त्री अर्यालले भनिन्, ‘नापी विभागमार्फत सबै निकायले तस्विर पाउँछन्।’सम्झौताअनुसार स्याटलाइटबाट खिचिएको नेपालको सम्पूर्ण भूभागको तस्बिर चीनले आगामी पाँच वर्षसम्म निःशुल्क रुपमा उपलब्ध गराउनेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology