समायोजन खबर काठमाण्डौ,
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । गएराति घटाएको मूल्य आजदेखि लागू हुनेछ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा प्रति लिटर दुई रुपैयाँ घटाएको छ । निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोलको नयाँ बिक्री मूल्य प्रतिलिटर १ सय १२ रुपैयाँ तथा डिजेल र मट्टितेलको ९९ सय रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा कमी आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।
२०७५ मंसिर १८ गते बिहान ९ : ३९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology