• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विदेशबाट फर्किएकाको सीप परीक्षण हुने

विदेशबाट फर्किएकाको सीप परीक्षण हुने


समायोजन खबर
  • आइतबार, मंसिर १६ २०७५

  • समायोजन खबर काठमाण्डौ,
    सरकारले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको सीप परीक्षण गर्ने भएको छ । विदेशमा उनीहरुले सिकेको सीपको परीक्षण गरी प्रमाण पत्र दिने तयारी सरकारले गरेको हो । सातै प्रदेशका विभिन्न जिल्लाबाट फारम संकलन गरेर २० प्रकारका सीपको निःशुल्क परीक्षण हुने छ । सीप परीक्षण गराउन इच्छुक व्यक्तिले राष्ट्रिय सीप परीक्षण समितिले तयार गरेको मापदण्ड अनुसार फारम भरेर आगामी पुस ११ गतेभित्रमा बुझाउनु पर्नेछ । आवेदन दिने समय सुरु भइसकेको जनाइएको छ ।

     

    फारम संकलन भइसकेपछि सीप परीक्षण हुने मिति र स्थान सकभर पाएक पर्ने गरी तोकिने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताए । सीप परीक्षण गर्दा सरकारले तोकेका २० प्रकारका सीप मध्ये एक व्यक्तिले एक प्रकारको सीपको परीक्षण गाराउन पाउनेछन् । यही आर्थिक वर्ष एक हजार जनाको सीप परीक्षण गर्ने सरकारको लक्ष्य छ । बाँकीको पनि श्रोतको सुनिश्चितता भइसकेपछि निरन्तरता दिने बोर्डले जनाएको छ। राष्ट्रिय सीप परीक्षण समितिबाट स्वीकृत सीप प्रणालीका अनुसार गरिनेछ ।
    २०७५ मंसिर १६ गते बिहान ९:०३मा बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology