चिसाङ शेर्पा खोटाङ,
साथीको उद्दार गर्दा हत्या अभियोगमा दुबाई जेलमा रहेका एक नेपालीको उद्दारका लागि ब्लडमनी संकलन गर्दै एक संस्था खोटाङमा आईपुगेका छन् । तेह्रथुम फेदाप गाउँपालिका–२ ओयाकजुङका खड्ग बहादुर जोगीको उद्दारका लागि जनजागरण प्रतिष्ठान नामक संस्था ब्लडमनी जुटाउदै यहाँ आईपुगेका हुन् ।
सन् २०१७ मा आफूसँगै सवार गाडीबाट खसेर फिलिपिन्स नागरिकको दुर्घट्ना भएको र दुर्घट्ना लगत्तै उपचारका लागि स्थानीय अस्पतालमा पु-याउँदा मृत्यु भईसकेको र सोही व्यक्तिको हत्या अभियोगमा जेल परेका उनलाई नेपाल फर्काउन सहयोग(ब्लडमनी) जुटाउदै दिक्तेल आईपुगेको जनजागरण प्रतिष्ठानका स्वयंसेवक सर्मिला भण्डारीले जानकारी दिईन् । जोगीलाई त्यहाँको अदालतले ५ वर्ष जेल र युएई दिराम ६० लाख ब्लडमनी तोकेको छ ।

अदाललाई ब्लडमनी बुझाउन नसकेको खण्डमा जोगीलाई मृत्युदण्ड समेत हुनसक्ने भएकाले ब्लडमनी संकलनका क्रममा चितवन, सिन्धुलीपछि खोटाङ आएको उनले बताईन् । जोगीको श्रीमती, दुई छोरा, दुई छोरी छन् । प्रतिष्ठानका ५ जना स्वयंसेवकजस्तैे ‘जोगी नेपाल फर्काउ’ अभियानमा आवद्ध भएर विभिन्न संस्थाहरुले नेपालभरी ब्लडमनी जुटाईरहेको छ । हालसम्म ४० लाख ब्लडमनी जम्मा भईसकेको भण्डारीले बताईन् । जोगीलाई नेपाल फर्काउनका लागि आर्थिक सहयोगका गर्नेले दुर्गा प्रसाद गिरी, खगेन्द्र बहादुर जोगी, कुमार गिरीको संयुक्त नाममा नेपाल बैंकमा रहेको खाता नम्बर ०५४००१०६५७०३२९०००००१ ब्लडमनी जम्मा गरिदिन सकिनेछ ।
माथी तस्विरमा : ब्लडमनी संकलन गर्न अटो लिएर दिक्तेल आईपुगेका टोली, तस्विर चिसाङ शेर्पा, २०७५ मंसिर १५ गते अपरान्ह ३:२० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology