समायोजन खबर काठमाडौँ,
नेपाली बजारमा आज सुन सुनचाँदीको मूल्य घटेको छ । मङ्गलबार प्रतितोला ५८ हजारमा कारोवार भएको ‘पहेँलो धातु’ आज घटेर प्रतितोला ५७ हजार ६०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अघिल्लो दिनको तुलनामा आज ४०० ले घटेको हो । मङ्गलबार प्रतितोला ५८ हजारमा कारोवार भएको थियो । आन्तरिक बजारमा डलरको भाउ घटेसँगै त्यसको प्रभाव सुनको मूल्यमा पनि परेको महासङ्घका उपाध्यक्ष माणिकरत्न शाक्यले जानकारी दिए ।
तेजावी सुन प्रतितोला ५७ हजार ३ ०० मा कारोवार भएको छ । महासङ्घले आज १० ग्राम सुनको मूल्य ४९ हजार एक ३० कायम गरेको छ । त्यसैगरी आज चाँदीको मूल्य भने पाँचले घटेको छ । अघिल्लो दिन ७०५ मा कारोवार भएको चाँदी आज ७०० मा कारोवार भएको छ । महासङ्घले १० ग्राम चाँदीको मूल्य ६०० कायम गरेको छ ।
२०७५ मंसिर १२ गते राती ८ : ४६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology