सरिता राई भोजपुर,
भोजपुरमा निर्माणाधिन ईस्टर्न हाइड्रोपावर (५ मेगावाट) पिखुवा खोला साना जलविद्युत आयोजनाको शेयर स्थानीयका लागि खुलाईने भएको छ । आयोजनाको कुल लागतको १० प्रतिशत हुने गरी आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानीयलाई शेयर खुला गरिने जनाएको हो । आगामी मंसिरबाट पूर्ण रुपमा शेयर जिल्लाभर जारी गरिने जनाईएको छ ।
प्रभावित क्षेत्रका जनप्रतिनिधीहरु, स्थानीय सरोकारवाला निकाय, आयोजनाका पदाधिकारीहरु र स्थानीयको संयुक्त छलफलबाट प्रभावित क्षेत्रका स्थानीयले उक्त आयोजनाको १० कित्तादेखि ३० हजार कित्ता (एक हजारदेखि ३० लाख) सम्म शेयर हाल्न पाउने व्यवस्था गरिएको हाईड्रोपावरका मेनेजिङ्ग डाइरेक्टर धन बहादुर श्रेष्ठले जानकारी दिए ।
कुल एक अर्ब १५ करोडको प्राविधिक स्टिमेटमध्ये आयोजनाबाट प्रभावित स्थानीय क्षेत्रहरुमा कुल ६ करोड २० लाख बराबरको हिस्सामा शेयर दिनुपर्ने प्रावधान रहेको छ । जिल्लामा आयोजनाको एनएमबी क्यापिटल लिमिटेडमार्फत धितोपत्र जारी गरि शेयर खुलाउने व्यवस्था गरिएको यो पहिलोपटक हो । विविध प्राविधिक कारणबस झण्डै साढे पाँच वर्ष रोकिएको उक्त जलविद्युत आयोजनाको काम अहिले ९० प्रतिशत भौतिक संरचना र ६५ प्रतिशतभन्दा बढी मेकानिकल काम सम्पन्न भएको छ । कुल १ अर्ब १४ करोडको लगानीमा बन्ने आयोजनाको पिपिए अनुसार ०७६ असार मशान्तसम्म सकिने सम्झौता भएपनि चालु आर्थिक वर्ष ०७५/७६ को मंसिर/पौष महिनातिर सकिने लक्ष्य राखिएको आयोजनाका प्रमुख एवम् ईन्जिनियर रोशन शाहले बताए ।
क्याप्सन :आयोजनाका पदाधिकारीहरु छलफल गर्दै तस्विर, समायोजन खबर, २०७५ असोज २३ बिहान ९ :०९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology