• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सगरमाथा चढ्दा पनि नक्कली अनुमति पत्र ! ट्रेकिङ एजेन्सीका ३ कर्मचारी पक्राउ

सगरमाथा चढ्दा पनि नक्कली अनुमति पत्र ! ट्रेकिङ एजेन्सीका ३ कर्मचारी पक्राउ


समायोजन खबर
  • शुक्रबार, असोज १९ २०७५

  • सगरमाथा आरोहणको नक्कली अनुमति पत्र बनाएर ठगी गर्ने तीन जना पक्राउ परेका छन् । सेभेन समिट ट्रेक्स प्रालिका लिगल डिपार्टमेन्टका प्रमुख निभेश कार्की, मार्केटिङ म्यानेजर फर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याल पक्राउ परेका हुन् ।

    उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरीले निभेशलाई असोज १ गते ठमेलबाट र अर्याललाई असोज ४ गते महाराजगञ्जबाट र शेर्पालाई सोलुखुम्बुको फोरसेबाट असोज ४ गते पक्राउ गरेको हो ।

    यसरी खुल्यो रहस्य

    २०७४ सालको चैत ३० गते सेभेन समिट ट्रेक्सले पर्यटन विभागबाट ‘१४ पिक एक्सेपियन्स एभरेस्ट एक्सपिडिसन २०१८’ नामक आरोहण दलको आरोहण अनुमतिपत्र लिएको थियो । जसमा १२ जनामात्र आरोहीको नाम थियो ।

    कार्की, अर्याल र शेर्पाले उक्त अनुमति पत्रमा एक जना चिनियाँ र एक जना अष्ट्रेलियाली नागरिकको नामसमेत थपेर अर्को कीर्ते आरोहण अनुमति पत्र तयार गरेको प्रहरीले जनाएकाे छ ।

    उक्त नक्कली अनुमति पत्रको फोटोकपी सेभेन समिट ट्रेक्समार्फत सगरमाथा प्रदुषण नियन्त्रण समिति सोलुखुम्बुमा पेश गरियो ।

    पर्यटन विभागबाट ‘१४ पिक एक्सपेरियन्स एभरेस्ट एक्सपिडिसन २०१८’ का लागि खटिएका सम्पर्क अधिकृतले पर्यटन विभागबाट उक्त आरोहण दलले लिएको अनुमतिपत्रको फोटोकपी पनि सगरमाथा प्रदुषण नियन्त्रण समितिमा बुझाएपछि उक्त रहस्य खुलेको थियो ।

    पर्यटन विभागका कर्मचारी र ट्रेकिङ एजेन्सीका कर्मचारीले बुझाएको एकै मिति र एकै परमिट नम्बरको पत्रमा आरोही संख्या फरक भएपछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो ।

    सीआईबीका डिएसपी श्याम ओलीयाका अनुसार पक्राउ परेका तीन जना कर्मचारीले सक्कली आरोहण अनुमति पत्रमा चिनियाँ र अष्ट्रेलियाली आरोहीको नाम थपेर उनीहरुले आरोहणवापत तिर्नुपर्ने शुल्क २२ हजार अमेरिकी डलर तीन जनाले बाँड्ने योजना बनाएका थिए ।

    योजनाअनुसार निभेश कार्कीले पर्यटन विभागबाट सक्कली छाप लगाएको लेटर प्याड ल्याई सक्कल जस्तै परमिट बनाउने जिम्मा लिएका थिए । त्यस्तै विजयश्वर अर्यालले लेखा मिलाउने जिम्मा र फुर्तेन्जी शेर्पाले अफिसमा राखी चाहिएको ठाउँमा नक्कली डकुमेन्टलाई वितरण गर्ने जिम्मा लिएका थिए ।

    त्यसबापत उनीहरुले २२ हजार अमेरिकी डलर बाँडेर लिएका थिए । उनीहरुविरुद्ध सरकारी दस्तखत छाप कीर्ते र ठगी गरेको आरोपमा सीआईबीले अनुसन्धान सुरु गरेको छ । – अनलाइनखबरवाट

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology