चिसाङ शेर्पा खोटाङ,
हिमाली जिल्ला मुस्ताङ नेपालको प्रदेश नम्बर ४ मा पर्ने जिल्ला हो । नेपालको उत्तरपश्चिमी क्षेत्रको ३ हजार ९ सय ८२ मिटरको उचाईमा अवस्थित छ मुस्ताङ जिल्ला । यस जिल्लाको उत्तरी भाग अन्नपूर्ण र निलगीरी हिमालले ढाकिएको छ । नेपालको हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङ माथिल्लो मुस्ताङ र तल्लो मुस्ताङ गरी दुई भागमा विभाजित छ । माथिल्लो मुस्ताङ ट्रेकिङहरुका लागि एकदमै चर्चित छ भने तल्लो मुस्ताङ प्राकृतिक सुन्दरताका लागि उत्तिकै प्रख्यात छ । माथिल्लो मुस्ताङमा हिमाली हावापानी पाइन्छ ।

निलगीरी हिमाल
धौलागिरी र अन्नपूर्ण हिमालले ढाकिएका कारण यस जिल्लामा बंगालको खाडीबाट बहेको मनसुन वायुको प्रभावबाट वर्षा हुँदैन । पश्चिमी वायुको प्रभावबाट निकै कम पानी पर्ने यस जिल्लाको स्याउ एकदमै प्रख्यात छ । पूर्वमा मनाङ जिल्ला, पश्चिममा डोल्पा जिल्ला, उत्तरमा चिनको स्वशासित क्षेत्र तिब्वत र दक्षिणमा म्याग्दी जिल्ला पर्गे यस जिल्लाको कुल क्षेत्रफल ३५६.२१ वर्ग कि.मी. रहेको छ । जुन नेपालको कुल क्षेत्रफलको २.४२ प्रतिशत हो ।
जिल्लको सदरमुकाम जोमसोम समुन्द्री सतहदेखि २,७१० मीटर उचाइमा रहेको छ । समुन्द्री सतहदेखि २०१० मी. (घाँसा) देखि ८१६७ मी.(धौलागिरी) उचाईमा रहेको मुस्ताङ जिल्लाको हावापानी सुख्खा ठण्डा रहेको छ । जिल्लाको तल्लो भागमा तुलनात्मक रूपमा बढि बर्षा भएतापनि माथिल्लो भागमा अत्यन्त कम बर्षा हुन्छ ।






तस्विर चिसाङ शेर्पा, २०७५ असोज १७ बिहान १० : ०७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology