• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यी तीन रङमा उपलब्ध हुनेछ एप्पलको नयाँ आईफोन

यी तीन रङमा उपलब्ध हुनेछ एप्पलको नयाँ आईफोन


समायोजन खबर
  • शनिबार, भाद्र २३ २०७५

  • काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पल १२ सेप्टेम्बरमा आफ्नो नयाँ आईफोन बजारमा ल्याउने तयारीमा रहेको छ । यस्तोमा आईफोनका विवरणहरु बाहिरिने क्रम बढेको छ ।

    अहिले सार्वजनिक भएको विवरणमा नयाँ आईफोनको रङहरुबारे खुलासा भएको छ । अहिले ६.१ इन्चको एलसीडी आईफानेको विवरणहरु सार्वजनिक भएका हुन् । बाहिरिएको विवरणअनुसार नयाँ आईफोन ३ कलर वारियन्टमा आउन लागेको हो । सो स्मार्टफोन सेतो, रातो र निलो रङमा उपलब्ध हुनेछन् ।

    सेतोबाहेक अरु दुई रङ कम्पनीका लागि नयाँ हो । अनलाइनमा सार्ववजनिक भएको तस्बिरअनुसार ६.१ इन्चको आईफोनमा केवल एउटा रेयर क्यामेरा रहनेछ । फोनको दायाँपट्टि पावर बटम रहेको छ भने दुई सिमकार्डको लागि सिमकार्ड स्लट दिइएको छ । यससँगै एप्पल दुई सिम लाग्ने पहिलो आईफोन सार्वजनिक गर्ने तयारीमा रहेको खुलेको हो ।

    यसअघि यो उत्पादनको मूल्य पनि सार्वजनिक भएको थियो । आईफोन एक्सएसको मूल्य ९०९ युरो तोकिएको छ भने आईफोन एक्सएसको मूल्य ११४९ युरो तोकिएको छ ।

    सेप्टेम्बर १२ मा हुने एक समारोहमा एप्पलले आफ्नो आईफोन एक्स प्लस, आईफोन एक्सएस र ६.१ इन्चको स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा रहेको छ । तीनै मोडलहरुमा आईफोन एक्समा जस्तै डिजाइन, डिस्प्ले हुने अनुमान गरिएको छ । तीन उत्पादनहरु आईओएस १२ मा चल्नेछन् । (एजेन्सी)

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology