• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तामाङ पत्रकार संघ चितवनमा ४ सदस्य मनोनित

तामाङ पत्रकार संघ चितवनमा ४ सदस्य मनोनित


समायोजन खबर
  • शुक्रबार, भाद्र २२ २०७५

  • ८ सेप्टेम्बर,काठमान्डाै

    तामाङ पत्रकार संघ चितवनको विशेष बैठकले ४ जना सदस्य मनोनित गरेको छ । संघको दोस्रो अधिवेशनबाट ९ सदस्यीय कार्यसमिति निर्वाचित भएकोमा हाल ४ सदस्य मनोनित गरी १३ सदस्यीय कार्यसमिति बनाइएको संघका अध्यक्ष ज्ञानेन्द्र तामाङले जानकारी दिए ।

    मनोनित हुनेहरुमा प्रतिमा तामाङ, बालिका तामाङ, सुस्मिता तामाङ र लक्ष्मण तामाङ रहेका छन् । उनीहरू जिल्लाका विभिन्न रेडियो तथा अनलाइन सञ्चारमाध्यममा आबद्ध छन् ।

    जिल्लामा आम सञ्चार र पत्रकारिताको क्षेत्रमा लामो समयदेखि सक्रिय रुपमा लागिरहेकाले उनीहरुलाई संघको कार्यसमितिमा मनोनित गरिएको संघका निवर्तमान अध्यक्ष तथा संघीय सदस्य उर्गेन तामाङले जानकारी दिए।

    सदस्य थपिएसँगै संघ अझै मजबुत भएको र पत्रकारिताको माध्यमबाट समुदायको विभिन्न गतिविधिहरुलाई सम्प्रेषण गर्न सहज हुने संघका उपाध्यक्ष बबिलाल तामाङको भनाई छ । संघले समाज र समुदायको विकासका लागि फरक फरक समयमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology