• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बैंकक उड्यो मकालु

बैंकक उड्यो मकालु


समायोजन खबर
  • शुक्रबार, भाद्र ८ २०७५

  • समायोजन खबर खोटाङ,
    राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान सुरु गरेको छ । ‘नाइन एन एएल जेट’ कलसाइनको मकालु विमानले आजदेखि बैंकक नियमित उडान सुरु गरेको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिनुभयो ।

     

    विदेशी विमानचालक (पाइलट) र नेपाली विमान सहचालक ‘कोपाइलट’ ले मकालु उडाएका हुन् । दुवै वाइड बडीका लागि पाइलटको व्यवस्था भइसकेको तथा थप पाइलट व्यवस्थापनको प्रक्रियामा रहेको महाप्रबन्धक कंसारकारको भनाइ छ । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठका अनुसार मकालुले पुरानै उडान तालिकाअनुसार सातामा तीन दिन बैंकक उडान भर्नेछ । यात्रुको चाप र पाइलटको पूर्णतापछि बैंककमा थप उडान तथा अन्य गन्तव्यमा विस्तार गरिनेछ ।

     

    गएको साउन १० गते काठमाडौं अवतरण गरेको मकालुले साउन ३१ गते नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट वायुयान उडान सञ्चालन अनुमतिपत्र (एओसी) पाएको थियो । उज्यालो
    २०७५ भदौ ८ गते राती ८ :३७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology