• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अब कर्मचारीको तलवबाट पेन्सनका लागि ६ प्रतिशत रकम काटिने

अब कर्मचारीको तलवबाट पेन्सनका लागि ६ प्रतिशत रकम काटिने


समायोजन खबर
  • शुक्रबार, साउन १८ २०७५

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ,
    सरकारी कर्मचारीको तलवबाट अब पेन्सनका लागि ६ प्रतिशत रकम काटिने भएको छ । साउन १ गतेपछि नियुक्त हुने सेना, प्रहरी, शिक्षक तथा निजामति कर्मचारीमा यो व्यवस्था लागू हुने अर्थ मन्त्रालयले जनाएको छ ।

     

    चालु आर्थिक वर्षदेखि योगदानमा आधारित निवृत्तिभरण लागू गर्ने तयारी गरिरहेको सरकारले कर्मचारीबाट ६ प्रतिशत योगदान हुनेगरी रकम कटौती गर्ने भएको हो । साउन १ अघि नियुक्त भएका कर्मचारीको तलवबाट भने पेन्सनका लागि कुनै रकम कटौति हुने छैन ।

     

    यसअघि १० प्रतिशत रकम कटौती गरी त्यति नै रकम सरकारले जम्मा गरिदिने प्रस्ताव अर्थले गरे पनि यसलाई मन्त्रिपरिषद बैठकले संशोधन गरी स्वीकृत गरेको हो । यो व्यवस्था लागू भएपछि कर्मचारीबाट कटौती भएको ६ प्रतिशत रकम बराबर नै सरकारले थपेर कोष बनाउने छ । कोषबाट कर्मचारीलाई पेन्सनको व्यवस्था हुनेछ ।
    २०७५ साउन १८ गते बिहान ९ : ३५मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology