टोकियो, असार ३२ । पर्यटनको क्षेत्रमा कार्यरत, अनुसन्धानरत तथा अध्ययनरत नेपालीहरुको संस्था नेपाल जापान पर्यटन अनुसन्धान केन्द्रको प्रमुख आयोजना तथा सुदुरपश्चिम समाज जापान, राप्ती समाज, पर्वत समाज र युथ फर अलको सह–आयोजना मा ‘‘नेपालको पर्यटन प्रवद्र्धनमा विदेशमा बस्ने नेपालीहरुको भूमिका : सन्दर्भ नेपाल भर्मण वर्ष २०२०’’ विषयक एक दिवसीय विचार गोष्ठी तथा कार्यपत्र प्रस्तुतिकरण को आयोजना गर्ने भएको छ ।टोकियोको इचिगया स्टेसन नजिक रहेको जाइकाको अन्तर्राष्ट्रिय हलमा अगस्ट ५ तारिख आइतबार कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
विशेषगरी नेपालमा जापानिज पर्यटकहरु प्रत्येक बर्ष घट्दो अवस्थामा रहेको परिप्रेक्ष्यमा यो कार्यक्रमले नेपाल पर्यटन बोर्डलाई जापानको बजार प्रबद्र्धन गर्न भावी रणनीति बनाउन सहयोग पुग्ने आशा गरिएको छ ।
नेपाल सरकार पर्यटन मन्त्रालयले २०२० लाई नेपाल भर्मण वर्ष घोषणा गरिसकेको अवस्थामा जापानबाट धेरै भन्दा धेरै पर्यटक कसरी भित्र्याउन सकिन्छ भन्ने विषय मा यो कार्यक्रम मा विशेष छलफल गरी, छलफलको निष्कर्ष नेपाल पर्यटन बोर्डलाई बुझाउने लक्ष्य रहेको कार्यक्रम का संयोजक विष्णु खनाल ले बताए ।
कार्यक्रमको पहिलो चरणमा कार्यपत्र प्रस्तुत गरिने छ भने कार्यक्रमको दोश्रो चरण मा सहभागीहरु सँग सामूहिक छलफलको कार्यक्रम रहेको छ । उक्त कार्यक्रम पर्यटन वोर्डको सहयोगमा नेपाल भ्रमण वर्ष २०२० को जापानमा प्रवद्र्धन रणनीति बनाउनको लागि गर्न लागिएको कुरा आयोजकहरुले बताएका छन् । यसअघि नेपाल जापान पर्यटन अनुसन्धान केन्द्रका सदस्य बिशेश्वर रेग्मी को संयोजकत्वमा जापानिज भाषामा तयार गरिएको नेपाल भ्रमण वर्ष २०२० को लोगो नेपाल पर्यटन बोर्डले सार्वजनिक गरिसकेको छ ।
कार्यक्रम दिनको ठिक १ बजे बाट सुरु हुने हुँदा, जापानमा रहेका विभिन्न पेशा तथा व्यवसायमा आबद्ध सम्पूर्ण नेपालीहरुलाई उपस्थित भई नेपालको पर्यटन प्रवद्र्धन को लागि आफ्नो अमूल्य सुझाव प्रदान गर्न कार्यक्रमका प्रचार संयोजक आशिष रावलले अनुरोध गरेका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology