• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भूकम्पप्र भावित क्षेत्रमा ५ लाख ४ हजार भन्दा बढी घर निर्माणको क्रममा

भूकम्पप्र भावित क्षेत्रमा ५ लाख ४ हजार भन्दा बढी घर निर्माणको क्रममा


समायोजन खबर
  • सोमबार, असार २५ २०७५

  • समायोजन खबर असार/२५ खोटाङ
    भूकम्प प्रभावित क्षेत्रमा ५ लाखभन्दा बढी घर बनिरहेका छन् । १ लाख ३५ हजार घर बनिसकेका छन् भने बाँकी बन्ने क्रममा रहेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निर्वतमान प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले निजी आवास पुन र्निर्माणतर्फ २ लाख ३५ हजार भन्दा बढी घर निर्माण भएको बताउनुभयो ।

     

    हिजो पदमुक्त भए लगत्तै भुसालले साढे ८ महिने कार्यकालयमा ५ लाख ४ हजार भन्दा बढी घर निर्माण भइरहेको, ७ लाख १२ हजार बढीले पहिलो किस्ता, ४ लाख ४१ हजारले दोस्रो किस्ता र १ लाख ९४ हजार बढीले तेस्रो किस्ता रकम पाएको बताउनुभयो । भुसालले काठमाडौँ उपत्यकाका सम्पदा धरहरा, काष्ठमण्डप, रानीपोखरी, दरबार हाइस्कुलको पुननिर्माण शूरु भएको बताउनुभयो । यस्तै २ लाख ५६ हजार गुनासाबाट १ लाख र्फछ्यौट गरेको उल्लेख गर्नुभयो ।

     

    यस्तै पुनर्निर्माणको काममा प्राविधिक कर्मचारीको अभाव हुन नदिन नियमित कर्मचारी पदपूर्तिको व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो । भूकम्प पीडितलाई र्निव्याजी ऋण दिने, २ प्रतिशत ब्याजदरमा ऋण दिने कामभने सफल नभएको उहाँको भनाइ छ । प्राविधिक अप्ठ्यारो, बैंकहरुको असहयोगले त्यो सम्भव हुन नसकेको उहाँको तर्क छ ।
                                     २०७५ असार २५ गते बिहान १० : १५ मा प्रकाशति

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology