समायेाजन खबर डटकम,काठमान्डैा
लामो समयपछि सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ३५.९८ अंकले बढेर १३३६.३९ अंकमा पुगेको छ । कारोबार भएका सबै उपसूचक बढेका छन् । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः २५.४६, २.५३, १०१.११, ४८.२८, ४७.३६, १०.३५, २७२.४४, ४७.४५, १७.५२ र ५९.०६ अंकले बढेका छन् ।
दिनभरिमा १६८ वटा कम्पनीको १३ लाख ५९ हजार छ सय ७५ कित्ता सेयर पाँच हजार ११ पटक खरिदविक्री हुँदा ४७ करोड ४८ लाख ४६ हजार नौ सय ६१ रुपैयाँको कारोबार भएको छ । सिटिजन्स बैंक प्रोमोटरको पाँच करोड, ग्लोबल आईएमई बैंक प्रोमोटरको सवा दुई करोड तथा नेपाल बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक र सानिमा माई हाइड्रोको एक करोडमाथिको कारोबार भएको छ । स्वरोजगार लघुवित्तको ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
शिखर इन्स्योरेन्स, जनउत्थान सामुदायिक लघुवित्त र किसान माइक्रोफाइनान्सका सेयरधनीले नौ प्रतिशत तथा सगरमाथा इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर र प्रुडेन्सियल इन्स्योरेन्सका सेयरधनीले सात प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । हिमालयन जनरल इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक, नेपाल इन्स्योरेन्स, सिभिल लघुवित्त लगायतका सेयरधनीले छ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।
जम्मा नौ वटा कम्पनीका सेयरधनीले गुमाएका छन् । मेगा बैंकका सेयरधनीले सबैभन्दा धेरै ९.९३५९ प्रतिशतका दरले गुमाएका छन् भने पोखरा फाइनान्सका प्रोमोटर सेयरधनीले ८.६९५७ प्रतिशतले गुमाएका छन् । सिद्धार्थ इक्विटी फण्ड, प्रोग्रेसिभ फाइनान्स, जेविल्स फाइनान्स, दिव्यश्वरी हाइड्रो, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र नेपाल हाइड्रोका सेयरधनीले पनि गुमाएका छन् ।
स्रेात (बैकिङ खबरबाट )
,
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology