समायेाजन खबर डटकम,८ जेठ, काठमान्डैा
पहिलो महिला शेर्पा पत्रकारका रुपमा आरोहण अभियानमा लाग्नुभएकी डेामा शेर्पाले आज विहान करिव ५ बजे सगरमाथाको शिखर चुम्न सफल हुनुभएको छ ।
स्थानिय सोनाम शेर्पाका अनुसार आरोहणका लागी यस अघि क्याम्प ४ सम्म पुगेर फर्किनु भएको थियो । बहालाई क्याम्प ४ मा पुगेपछि फुड पोईजनिङ भएर डाईरिया भएको बताईएको छ । आधारशिविरमा ओर्लिएर एक दिनको विश्रामपछि पुन आरोहणमा गएकी शेर्पाले त्यसपछि मात्रै सफलता पाउनुभएको थियो ।

सोलुदुधकुण्ड नगरपालिका २ सालावेशीका डोमा शेर्पा दशकदेखि मातृभाषा र नेपाली भाषाको पत्रकारितामा संलग्न रहदै अ।एकी छिन् । शेर्पाले हिमाली भेगमा बसोबास गर्ने आवाजविहीनहरुको आवाज आमसञ्चार माध्यम मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने, पर्वतीय पर्यटनबारे पत्रकारिता क्षेत्रको चासो अभिवृद्धि गराउने, पर्वतीय पर्यटनमा महिलाहरुलाई हौसला प्रदान गर्ने लगायतका सन्देशहरु सर्वोच्च शिखरमा पुर्याउनुभएको छ ।
आरोहण अघि मंसिरको तेश्रो साता ६ हजार १ सय ८९ मिटरको आइसल्याण्ड पिक समेत आरोहण गर्नुभएको थियो । शेर्पा भोली मात्र आधारशिविरमा आईपुग्नुहुने बताइएकेा छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology