सरिता राई वैशाख /५ भोजपुर,
सदरमुकाममा सिसिटिभी जडान गरिने भएको छ । भोजपुर नगरपालिका मेयर कैलाश आलेको अध्यक्षतामा मंगलबार बसेको सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको हो ।
नगरपालिकाको शान्ती सुरक्षालाई चुस्तदुरुस्त राख्न जिल्ला प्रहरी कार्यलय माताहतमा कन्ट्रोल रुम रहने गरी सिसिटीभी जडान गरिने निर्णय गरिएको प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो ।
सिसिटिभी जडानको लागी भोजपुर नगरपालिकाले ८ लाख बजेड विनियोजन गरिसकेको छ । सिसिटिभी अस्पताल गेट हुदैं डाडाँगाउँ, बैंकरोड, चारभञ्ज्याङ देउराली, पानीट्याङ्की र बरबोट क्षेत्रमा राखिने भएको हो । पछिल्लो समय सदरमुकाममा घट्दै गएको विकृति, विसङ्गती र चोरी क्रियाकलाप न्युनिकरण गर्न सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको समेत नगरपालिका मेयर कैलाश आलले बताउनुभयो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology