वासिंटन, चैत २४ । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका ७ जना निकट व्यक्ति, १७ वरिष्ठ सरकारी अधिकारीसमेत कयौं कम्पनीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
उनीहरुमाथि पुरै विश्वलाई हानी गर्ने गतिविधि सञ्चालन गरेको आरोप लगाइएको छ ।
अमेरिकाले रुसका उच्च वर्गसँग सम्बन्धित १२ कम्पनी, सरकारी हतियार निर्यात गर्ने कम्पनी र एक बैंकलाई पनि प्रतिबन्ध लगाएको छ । अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धमा रुसी राष्ट्रपति पुटिनका सुरक्षा गार्ड, उनका निकट सहयोगी र उनको नियन्त्रणमा रहेका कम्पनी छन् ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ता सारा स्यान्डर्सका अनुसार यो प्रतिबन्धको अर्थ अमेरिकाले रुससँग सम्बन्ध पुरै अन्त्य गरेको भन्ने होइन । रुससँगको सम्बन्ध सुमधुर बनाउन अमेरिकी चाहना भएको र उसको व्यवहारमा सुधार ल्याउन प्रतिबन्ध लगाइएको उनको भनाइ थियो ।
यसैबीच अमेरिकाले प्रतिबन्ध गाएपछि रुसले कडा कदम उठाउने चेतावनी दिएको छ । रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकी कदमले रुस आफ्नो बाटोबाट पछि नहट्ने स्पष्ट पारेको छ । उसले अमेरिकी कदमलाई ‘मूर्खतापूर्ण’ संज्ञा दिएको छ । यसले दुई देशबीचको आर्थिक सम्बन्धमा नकारात्मक असर पर्ने रुसको भनाइ छ ।
अमेरिकाले अघिल्लो महिना पनि रुसका १९ नागरिकमाथि प्रतिबन्ध लगाएको थियो । उसले अमेरिकामा साइबर आक्रमण गरेको र राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको आरोप लगाएको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology