समायेाजन खबर ८,अप्रिल
भारतको एक अदालतले सन् १९९८ मा दुर्लभ कृष्णसारको शिकार गरेकोमा दोषी ठहर गरिएका चर्चित बलिवूड अभिनेता सलमान खानलाई जमानत दिएको छ।
जमानतपछि उनी जेलबाट मुक्त भएका छन्।
भारतीय सञ्चारमाध्यम एनडीटिभीका अनुसार, प्रतिवादीले जनावरहरुको परीक्षण र प्रत्यक्षदर्शीहरुको बयानको विश्वसनीयतामाथि प्रश्न गरेका थिए।
बिहीवार राजस्थान राज्यको जोधपुरस्थित अदालतले सलमान खानलाई दोषी ठहर गर्दै पाँच वर्षको जेलसजाय सुनाएको थियो र १० हजार रुपैयाँ जरिवाना गराएको थियो।
५२ वर्षीय खानले राजस्थानमा एउटा चलचित्र छायाङ्कनका क्रममा दुईवटा कृष्णसारहरु मारेको उक्त अदालतले फैसला गरेको थियो।
उनीसँगै सोही चलचित्रमा अभिनय गरेका र शिकार गरेको आरोप लागेका अन्य चार कलाकारहरु निर्दोष ठहर भएका छन्।
जोधपुर जेलमा दुई रात बिताएका खानले उच्च अदालतमा फैसलाका विरुद्ध पुनरावेदन गर्नेछन्।
न्यायाधीश रविन्द्र कुमार जोशीले जोधपुर अदालतमा उनलाई जमानत दिइएको जानकारी गराएका थिए।
बीबीसीका नीतिन श्रीवास्तवका अनुसार ठूलो संख्यामा मानिसहरु चर्को घामको वास्तै नगरी अदालतको भवनबाहिर उपस्थित भएका थिए।
खानले जमानत पाएको जानकारी सुन्नासाथ तिनीहरु नाच्नुका साथै खुसीले कराएका थिए।
बिबिसीकेा सहयेागमा
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology