• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

श्रीमतीलाइ महिनावारी हुँदा श्रीमानले यी कार्यहरु गर्नुहोस्

श्रीमतीलाइ महिनावारी हुँदा श्रीमानले यी कार्यहरु गर्नुहोस्


समायोजन खबर
  • बुधबार, चैत्र २१ २०७४

  • महिनावारीको क्रममा महिलामा विभिन्न शारिरिक र मानसिक परिवर्तन हुने गर्दछ । यो क्रममा महिलाले आफ्नो पुरुष पार्टनरसँग सहयोग र सहानुभूतीको आशा गर्दछन् र आशा अनुरुप नतिजा पाए महिलाहरुको आधा पीडा कम हुने गर्दछ ।

    महिनावारीको क्रममा के गर्ने पुरुष ?
    बम्बे हस्पिटलकी गायनोकोलोजिस्ट डा. निरजा पौराणिकका अनुसार पुरुषले महिला महिनावारी हुँदा फोहोर वा असामान्य गतिविधीको रुपमा व्यवहार गर्नु हुँदैन ।

    महिलाले यो क्रममा किचनमा जान नहुने, खानपिनका वस्तुहरु छुन नहुनेजस्ता कुराको कुनै वैज्ञानिक आधार छैन ।
    पुरुषले आफ्नो महिला पार्टनरलाई कामकाजमा सहयोग गर्ने र उनको मुडलाई बुझेर डिस्टर्ब नगर्ने ।

    मूडलाई बुझ्नुहोस्ः
    महिनावारी हुँदा महिलामा चिड्चिडापन बढ्ने गर्दछ । उनको मूड बुझेर आपसी सहयोग गर्नुहोस् ।

    हट वाटर ब्याग दिनुहोस्ः
    महिनावारी हुँदा पेट दुख्नु साधारण कुरा हो । हट वाटर ब्यागमार्फत पेट दुखाईबाट राहत पाउन सकिन्छ ।

    डार्क चकलेट खुवाउनुहोस्ः
    डार्क चकलेटमा पाइने फ्लेवनाइड्सले मूडलाई राम्रो बनाउने गर्दछ ।

    तरकारी र फलफूल खुवाउनुहोस्ः
    केरा, मेवालगायतका फलफूल र हरिया तरकारीले महिनावारीको समस्यालाई कम गर्दछ ।

    मसाज गर्नुहोस्ः
    महिनावारीका बेला महिलालाई कम्मर दुख्नेलगायतका समस्या हुने गर्दछ । तपाईंले हल्का हातको मसाजले उनलाई राहत दिनेछ ।

    व्यायाम गराउनुहोस्ः
    हल्काफूल्का व्यायाम वा योगाबाट पेट र ढाड दुखाईबाट राहत प्राप्त हुन्छ ।

    धेरैभन्दा धेरै पानी पिउन लगाउनुहोस्ः
    महिनावारी हुँदा शरिरमा जति पानी हुन्छ, पीडा त्यति नै कम हुने गर्दछ ।

    आराम गर्न दिनुहोस्ः
    तपाईंको पार्टनरलाई महिनावारी हुँदा धेरै काम गर्न नदिनुहोस् । आराम गर्दा समस्या कम हुनेछ ।

    चिया–कफी वा मसालेदार खानेकुरा नदिनुहोस्ः
    मसालेदार खानेकुरा र क्याफेनले महिनावारीको पीडालाई बढाउने गर्दछ ।

    डाक्टरलाई भेट्नुहोस्ः
    यदि रक्तश्राव अत्यधिक भइरहेको छ भने डाक्टरलाई भेट्न जानुहोस् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology