• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

काठमाण्डौकी सुर्यादा मगर ‘मेरो खुशी’ एल्बम निकाल्ने तयारीमा

काठमाण्डौकी सुर्यादा मगर ‘मेरो खुशी’ एल्बम निकाल्ने तयारीमा


चिसाङ शेर्पा
  • बुधबार, चैत्र ७ २०७४

  • चिसाङ शेर्पा चैत्र/७ खोटाङ,
    काठमाण्डौ नार्गजुन नगरपालिका–४ स्यम्भुका २२ बर्षिय सुर्यादा मगर ‘मेरो खुशी’ नामक गीति एल्बम लिएर बजारमा आउने भएका छन् । बाल्यकालबाटै नेपाली गीत संगीतमा औधि रुचि राख्ने मगरले नयाँ बर्षको आसपासमा एल्बम निकाल्ने भएकी हुन् ।

     

    २०७१ सालमा प्रबेशिका परिक्षा उतिर्ण पछाडी गीतसंगीतमा लागेकी उनी विभिन्न संगीत बिद्धालयमा संगीत कक्षा लिदै करीब तीनबर्ष पछाडी एल्बम निकाल्ने होडमा लागेकी हुन् । गायक बिकास संगम राईको रचनामा ‘माया देउ मलाई’ र शोप्रेमको ‘मुटुभित्र तिम्रो तस्बिर, जुनपनी हैन भन्ने’ तीन गित समेटर एल्बम निकाल्ने भएकी हुन् ।

    निकट भविष्यमा सबै खाले नेपाली गीतसंगीतलाई गाउने क्षमताको बिकास गर्दै गरेकी सुर्यादा कुशल गायिका बन्ने सपनामा छन् । आफ्नो परिवार नै गीतसंगीतमा लाग्नुको मुख्य श्रोत तथा प्रेरणा बताउने सुर्यादालाई ‘मेरो खुशी’मा खोटाङका युवा गायक बिकास संगम राईले साथ दिएका छन् । साजन राईशोप्रेमले संगीत संयोजन गर्ने भएका छन् । एल्बममा पप बिधाका गीत रहने सुर्यादाको भनाई छ । उनका अनुसार जीबनको पहिलो कामलाई दर्शक तथा श्रोताले मन पराउने छन् ।

     

    दिपचण्डी संगीत बिद्यालय बालाजुबाट औपचारिक संगीत कक्षा शुरु गरेकी सुर्यादाले सुरसुधा संगीत बिद्धालय बालजुमै हाल संगीत कक्षा लिईरहेकी छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology