• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजी पक्राउ

फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजी पक्राउ


समायोजन खबर
  • मंगलबार, चैत्र ६ २०७४

  • काठमाडौं, ६ चैत । फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई प्रहरीले हिरासतमा लिएको छ।

    राजनीतिक अभियानका लागि गरेको अर्थ संकलनको स्रोत नखुलेको भन्दै मंगलबार बिहान उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    प्रहरीले उनीमाथि दिवंगत भइसकेका लिबियाली पूर्वशासक कर्णेल मुअम्मर गद्दाफीबाट अवैधानिक रुपमा ४२ मिलियन पाउन्ड लिएको आरोप लगाएको छ। सन् २००७ मा भएको राष्ट्रपति निर्वाचनका क्रममा सार्कोजीले सो रकम लिएको बताइएको छ।

    फ्रान्समा निर्वाचनका बेला एक उम्मेदवारले बढीमा ६ हजार ३ सय पाउन्ड मात्रै नगद लिन पाउने व्यवस्था छ। सार्कोजीले लिएको रकमको कारोबार पनामा तथा स्विस बैंकबाट गरिएको खुलेको छ। कारोबारबारे आफ्ना विरोधीहरुको प्रश्नको जवाफ दिन र भ्रष्टाचार सम्बन्धी मुद्दाको सामना गर्न आगामी ४८ घन्टा उनीमाथि चर्को दबाव पर्ने देखिएको छ। उनलाई अनुसन्धानका लागि बिहीबारसम्म हिरासतमा राखिने भएको छ।

    तत्कालीन समयमा गद्दाफी र सार्कोजीका बीचमा भएको अवैध आर्थिक लेनदेनको सम्झौतापत्र हालसालै पेरिसमा सार्वजनिक भएको हो।

    सन् २००६ मा गद्दाफीका गुप्तचर प्रमुख मुसा कुसाद्वारा हस्ताक्षरित अरबी भाषाको सो पत्रमा राष्ट्रपति निर्वाचनका उम्मेदवार सार्कोजीको चुनावी अभियानमा सघाउन करिब ५० मिलियन युरो बराबरको रकम सहयोग गरिएको उल्लेख छ।

    लिबियाको राष्ट्रिय संक्रमणकालीन परिषदका एक वरिष्ठ सदस्यले सो सम्झौतासम्बन्धी दस्तावेज फ्रान्सको अनुसन्धानसम्बन्धी समाचार संस्था ‘मिडियापार्ट’ लाई उपलब्ध गराएका थिए। सो क्रममा सार्कोजीका आर्थिक अपचलन सम्बन्धी अन्य सम्झौता पत्र समेत बाहिरिएको बताइएको छ।

    सार्कोजी र उनका सहयोगीहरुले रकम लेनदेनको उद्देश्यले लिबियामा धेरै भ्रमण गरेको र सोही समयमा लिबिया सरकारले तयार पारेका छोटा दस्तावेजहरु मिडियापार्टले हात पारेको हो। सार्कोजीका एक साथीले भने सो लेनदेन सन् २००५ को अक्टोबर ६ मा नै भएको दाबी गरेका छन्।

    राजनीतिक यात्राको सुरुवाती अवस्थामा सार्कोजी महत्वाकांक्षी नेताको रुपमा परिचित थिए। उनले बिस्तारै राष्ट्रपति निर्वाचनका लागि भन्दै विभिन्न अभियानमार्फत अर्थ संकलन गर्न सुरु गरेका थिए।

    Comment Here!

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology