फुर्वा शेर्पा/ टेाक्येा
हामी अध्ययन,रेाजगारकेा निमित्त जापानमा परिश्रम गरिरहेका छैा ।बिध्यार्थी,कुक,डिपेन्डेन्ट,प्रशिक्षार्थी कामदार,शरणार्थी लगायत बिभिन्न भिषाका नेपालीहरू जापानका बिभिन्न शहरहरूमा छरिएर रहेका छैा ।जुनसुकै भिषामा रहेर काम गरेपनि जापानमा नेपालीहरूले न्युनतम नेपाली २ लाख रूपैया तलव थापिरहेकेा पाउँछैा । त्यसबाट केाठा भाडा,हेाकेन(बिमा),अन्य बिभिन्न करहरू,बिधार्थीहरूले बिध्यालयकेा फि तिरेर मासिक १ लाख बचत गरिरहकेा हुन्छ । तर जापानमा अधिकांश नेपालीहरूले जापान सरकारकेा नियम अनुसार बिभिन्न सेवा सुबिधा लिए बापत बुझाउनुपर्ने कर,भबिष्यमा अ।इपर्ने दुर्घटना,अ।कस्मिक बिरामी तथा स्वास्थ्य उपचारकेा लागि गरिने हेाकेन शुल्क भने नियमित रूपमा तिर्ने नगरेकेा पाइन्छ । काम नपाउदा सम्म पक्कै गाह्रेा हुन्छ तर काम पाएपछि जापानमा तलब राम्रै हुन्छ ।तर हामी किन पैसा तिर्न हिच्किचाउँछैा ?अ।फ्ने भबिष्यकेा लागि हामी किन कन्जुस्याइ गर्न खेाज्छैा ? हामी सबै नेपालीहरूलाइ प्रस्ट जानकारी छ जापानमा यी कुराहरू अनिवार्य नै तिर्नुपर्ने हुन्छ अन्तमा एकमुष्ठ तिर्न मिलेपनि एक मुष्ठ रकमसंगै जरिवानासमेत तिर्नुपर्ने हुन्छ जापान सरकारले जापानी तथा बिदेशी जेासुकैलाइ भएपनि कर र हेाकेन तिर्न सजिलेा हेास भनेर किस्ता किस्तामा पेइमेन बिल (सेइक्युस्येा )बनाएर हरेक महिना अ।फु बसेकेा केाठाकेा ठेगानामा पठाइदिएकेा हुन्छ । जुन बिल नजिककेा केान्भिनियन्स स्टेारहरूमा गएर सजिलैसंग तिर्न मिल्छ ।तर हामी नेपालीहरू यी अ।वश्यक बिलहरू तिर्न झन्झट मान्छैा ।
५,६ हजारकेा बिल तिर्न गाह्रेा मान्ने तर साथी भाइहरूसंग महँगेा महँगेा रेष्टुरेन्ट,बार,क्लव,देाहेारी साँझ,इजाखायामा मानकेा मान खर्च गरेर बेलुकी देखि बिहान उज्यालेा हुने सम्म रमाइलेा गरिरहेका हुन्छैा।बिशेष राजधानी टेाक्येा अ।सपासमा नेपाली युवाहरू रातकेा समय ट्रेन स्टेशनहरूमा मदिरासेवन गरेर हेाहल्ला गर्ने,अपशब्दहरू प्रयेाग गर्ने गरेकेा पाइन्छ ।पछिल्लेा समय राजधानी टेाक्येा अ।सपासमा नेपालीहरूलाइ जापान प्रहरीले बिशेष निगारानी गर्दे अ।इरहेकेा समाचारहरू हामीले सुन्दै र पढ्दै अ।इरहेका छैा ।
यस्ता गलत ब्यबहारले जापान सरकारले नेपालीहरूप्रति हेर्ने दृष्टिकेाण नकरात्मक बन्दै गइरहेकेा छ । बिध्यार्थी तथा डिपेन्डेन्टहरूलाइ साताकेा २८घण्टा काम गर्न पाउने नियम भएपनि अघेाषित रूपमा २८ घण्टाभन्दा बढीनै काम गर्न दिइरहकेा छ तर अ।जभेाली काममा पनि कडाइ गर्न थालिएकेा छ ।येा समस्याकेा चपेटामा बिशेष गरि बिध्यार्थीहरू परेका छन् । पुर्व साबधानी र दुरदर्शिता नअपनाउने जव अ।कस्मिक बिरामी हुन्छ अथवा काम भिषामा समस्या अ।उछ तव नेपाली समुदायहरूमा हारगुहार गर्ने ,अ।र्थिक सहयेागकेा लागि सामाजिक संजालमार्फत अनुरेाध गर्ने प्रचलन बढेकेा छ ।
जापान सरकारले समयमा हेाकेन तथा करहरू तिरेमा उपचारकेा लागि लाग्ने लाखैा रकममा भारी छुट पाउने ब्यबस्था मिलाएकेा छ । नियम लाइ राम्ररी पालना गरेमा केाही कसैसंग हारगुहार र सहयेाग माग्नुपर्दैन । मैले बिषय बिज्ञा भएर हेाइन जापान बसाइकेा अनुभव यहाँहरू माझ सेयर गरेकेा मात्र हु । हामीनेपालीहरू बिशेष गरी जापान अ।उनुकेा उदेश्य एउटै छ । जापान अ।एर पनि एउटै समस्या भेागिरहेका छैा । भैागेालिक रूपमा अभिभावक तथा परिवारबाट टाढा छैा तर हामी अ।फ्ना परिबारलाइ खुसी पार्न परदेशकेा भुमिमा परिश्रम गरिरहेका छैा । अत हामीले लामेा समयसम्म स्वस्थ भएर काम गर्न स्वास्थ्यलाइ हेलचेक्राइ कदापि नगरैा नेामिखाइ र ताबेखाइमा सहभागी हुनु हुदैन भन्न खेाजिएकेा पक्कै हेाइन भबिष्यमा अ।इपर्ने समस्यालाइ अहिलेदेखि नै बिचार गर्नुहेास अनावश्यक खर्च र क्षणिककेा रमाइलेाकेा लगि गरिने यस्ता कृयाकलापले भबिष्यमा गएर हामी केाहि कसै पछुताउन नपरेास ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology