• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रादेशिक कानून निर्माणका लागि समिति गठन

प्रादेशिक कानून निर्माणका लागि समिति गठन


समायोजन खबर
  • बिहिबार, फाल्गुन २४ २०७४

  • पोखरा । प्रदेश  ४ को बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रादेशिक कानून निर्माण र मन्त्रिपरिषद्लाई विभिन्न रायसुझाव दिन विभिन्न समिति गठन गरेको छ ।

    आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बैठकले राजनीतिक, प्रशासन तथा विधेयक र आर्थिक, सामाजिक तथा पूर्वाधार समिति गठन गर्ने निर्णय गरेको जानकारी दिए । उनका अनुसार मुख्यमन्त्रीको संयोजकत्वमा रहने राजनीतिक समितिमा आन्तरिक मामिलामन्त्री र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सदस्य तथा प्रदेश मुख्य सचिव सदस्य सचिव रहनेछन् ।

    आन्तरिक मामिलामन्त्री संयोजक रहने प्रशासन समितिमा उद्योगमन्त्री सदस्य तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव सदस्य सचिवका रुपमा रहनेछन् ।

    त्यस्तै उद्योगमन्त्रीको संयोजकत्वमा रहने आर्थिक समितिमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री सदस्य र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन तथा बैठक शाखाका सचिव सदस्य सचिव रहने बताइएको छ । बैठकले आर्थिक कार्यविधि विधेयक २०७४ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बैठकले पारित गरेसँगै सो विधेयक आगामी प्रदेशसभाको बैठकमा टेबुल हुने जनाइएको छ ।रासस

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology