• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हात्तीको गोबरबाट निकालेको कफी विश्वमा सबैभन्दा महँगो

हात्तीको गोबरबाट निकालेको कफी विश्वमा सबैभन्दा महँगो


समायोजन खबर
  • बुधबार, फाल्गुन २३ २०७४

  • विश्वमा सबैभन्दा स्तरिय कफी उत्पादन गर्नेमा नेपाल तेस्रो स्थानमा पर्छ । यो स्विसहरुको दाबी हो । पहिलो ब्राजिल र दोस्रो कोलम्बिया । तर अब उत्पादन जुनसुकै देशले गरुन्, पछिल्लो समयमा हात्तीको गोबरबाट निकालिएको कफी विश्वकै सबैभन्दा स्तरिय महँगो सावित भएको छ । जान्ने हो भने यसैबाट नेपालमापनि करोडौं कमाउन सकिने संभावना छ ।

    हात्तीको गोबरबाट निस्किएको कफीमा चकलेट र दुधको स्वाद, बदाम, रातो ऐंसेलु जस्तो स्वाद भेटिने दाबी गरिएको छ । चिया र कफीका अम्मली, व्यवशायीहरुले यस्तो कफीमा काफाईन (कफीमा पाइने तितो स्वाद) को विशेष स्वाद फेला परेको दाबी गरेका छन् । यहि कारणले  यस्तो कफीले विश्वमा चर्चा पाइरहेको छ ।

    पहिले अरबिका र रोबुस्टा भनिने कफीका दानाहरु विश्वप्रसिद्द, मिठो र महँगा मानिन्थे । अहिले त्यसको ठाउँ हात्तीको गोबरबाट निस्किएको कफी दानाले लिएको छ ।

    शुरुमा कफीका दानालाई थाईल्याण्डमा हात्तीलाई खान दिईन्छ । हात्तीले निलेका कफीका दाना नपचिकनै गोबरमा सग्लै निस्किन्छन् । ति दानाहरु टिपेर सफा गरिन्छ । त्यसपछि कफीको दानालाई सुकाइन्छ । सुकेको दाना पिनेपछि गज्जबको स्वाद निस्किन्छ । हात्तीले पचाउन नसकेर गोबरसँगै खसालेको कफीको दानामा चकलेट, दुध, बदाम, रातो ऐंसेलु, काफलको स्वाद भेटिन्छ । यो मिश्रित स्वादलेनै यस्तो कफी विश्व प्रसिद्द बनेको हो ।

    थाईल्याण्डबाट बनाउन शुरु गरिएको यस्तो कफीको नाम ब्ल्याक आईभोरी (हात्तीको दाह्रालाई आइभोरी भनिन्छ) भनिन्छ । यसको मूल्य प्रति किलो एक हजार एक सय (नेरु करिब एक लाख १२ हजार) पर्छ । यो कफी विश्वकै सबैभन्दा महँगो हो ।

    थाईल्याण्डमा हाल यस्तो कफी अनन्तरा रिसोर्ट (होटेल) ले उत्पादन गरिरहेको छ । उनीहरुले यसलाई हात्तीहरुद्वारा ‘प्राक्रितिक रुपमै प्रशोधन गरिएको’ भन्दै बेच्ने गरेका छन् । एबिसी न्युजका अनुसार यो प्रशोधन गोल्डन ट्रियाङगल एशियन ईलाफेन्ट्स भन्ने हात्ती संरक्षण केन्द्रबाट गरिरहेका छन् । कफी बिक्रिको आठ प्रतिशत रकम जिवजन्तु संरक्षणकालागि खर्च गरिन्छ । हाल यहि हात्ती संरक्षण केन्द्र र होटेलबाट बिक्रि भैरहेको छ । तर माग अनुसारको पूर्ती गर्न भने सकिएको छैन ।

    नेपालमापनि हात्ती पाइन्छ । तराईका केहि जिल्लामा हात्ती पाल्ने कामपनि भैरहेको छ । हात्तीको संख्या बढाउन हात्ती प्रजनन् केन्द्रनै छ । नेपालका पहाडी जिल्लामा कफी उत्पादनपनि हुन्छ । यस्ता हात्तीबाट थाईल्याण्डमा झैं ‘ब्ल्याक आइभोरी’ कफी उत्पादन गरेर मुनाफा किन नलिने ?

    (फोटो- गेटी इमेजेज, द गार्डियन दैनिक र गोल्डन ट्रियाङगल एशियन ईलाफेन्ट्स)

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology