• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तमू ट्यो ह्युलका अध्यक्ष विजयबाट परिषदलाई एक लाख पाँच हजार सहयोग

तमू ट्यो ह्युलका अध्यक्ष विजयबाट परिषदलाई एक लाख पाँच हजार सहयोग


समायोजन खबर
  • मंगलबार, फाल्गुन २२ २०७४

  • २२ फागुन,काठमाडौं । तमू ह्युला छोंज धिँ गुरुङ राष्ट्रिय परिषदको संस्थागत विकासका लागि तमू ट्यो ह्युल हङकङले आर्थिक सहयोग गरेको छ ।

    परिषदका अध्यक्ष रेशम गुरुङलाई हङकङबाट आउनुभएका ह्युलका अध्यक्ष विजय गुरुङले गत (शुक्रबार) एक लाख ५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो ।

    विदेशमा रहे पनि आफ्नो मन सधै स्वदेशमा रहने भन्दै विजय गुरुङले संस्थाको तर्फबाट सहयोग गरेको बताउनुभयो ।

    सहयोगका लागि धन्यवाद दिँदै परिषदका अध्यक्ष रेशम गुरुङले विदेशमा रहेका तमू संस्थाहरुको सहयोगी भावनाले नेपालमा रहेका संस्थाहरुको विकासमा महत्वपूर्ण योगदान पुगेको बताउनुभयो ।

    रकम हस्तान्तरण कार्यक्रममा परिषदका महासचिव सूर्य गुरुङ, तमू (गुरुङ) सञ्चारकर्मी संघका कोषाध्यक्ष लाला गुरुङ लगायतको उपस्थिति थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology