काठमाडौं, फागुन २२ – राजश्व चुहावट न्यूनीकरण गर्न भन्सार जाँचपासमा कडाई गरेपछि व्यापारीले सामान सीमापारी नै रोकेका छन् ।
न्यून बिजकीकरणमार्फत हुँदै आएको राजश्व चुहावट नियन्त्रण गर्न भन्सार विभाग लागेपछि व्यापारी तर्सिएका हुन् । गएको सोमबार नियुक्त हुनुभएका अर्थमन्त्री युवराज खतिवडाले मंगलवार बिहान भन्सार विभागलाई राजश्व जोखिम न्यूनीकरण गर्न विशेष सतर्क रहन निर्देशन दिनुभएको थियो ।
भन्सार कानूनमा भएको प्रावधान अनुसार कारोवारलाई चुस्त बनाउन भन्सार विभाग मार्फत सबै भन्सार कार्यालयहरुमा निर्देशन भएको विभागका उप–महानिर्देशक श्रीकृष्ण नेपालले बताउनुभयो ।
अर्थमन्त्री खतिवडाको निर्देशन अनुसार सबैजसो भन्सार कार्यालयहरुले जाँचपासमा कडाई गर्न थालेपछि व्यापारीले सामान निर्यात घटाएका हुन् । गएको मंगलबार १ सय २२ करोड भन्सार संकलन भएको थियो भने बुधबार १ सय करोड संकलन भएको भन्सार विभागले जनाएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology