समायेाजन खबर/१९ फागुन, सेालुखुम्बु , खुम्बु पासाङ्गल्हमु गाउँ पालिकाको आयोजनामा १५ दिने ट्रेकिङ गाईड तालिम सुरु भएको छ ।
गाउँपालिकाको कर्यवाहक अध्यक्ष आङ फुर्वा शेर्पाको सभापतित्वमा बिहिबार एक कार्यक्रम आयोजना गरी तालिमको उद्घाटन गरिएको थियो । कार्यक्रम सगरमाथा राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टाराईको प्रमुख आतिथ्यमा दिप प्रज्वलन गरी उद्घाटन गरिएको गाउँपालिकाका प्रवक्त लाक्पा छिरी शेर्पाले जनाकारी दिनु भयो ।
तालिममा पचास जना प्रशिक्षार्थीलाई तालिम दिने निर्णय गरिए पनि तालिममा युवाहरुको आर्कषण सँगै ६० जना प्रशिक्षार्थीहरुलाई तालिम दिने निर्णय भएको पनि शेर्पाले वताउनु भयो । तालिममा ८ जना महिला सहित ६० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको तालिममा यस क्षेत्रका विज्ञहरुबाट तालिमको सहजीकरण हुने शेर्पाले जनाकारी दिनु भयो ।
तलिम उद्घाटन सत्रमा गाउँपालिकाका प्रवक्त लाक्पा छिरी शेर्पा, सदस्यहरु उमा विश्वकर्मा, आङ दावा शेर्पा, दालमु शेर्पा, नारायण राई, दागेल्जी शेर्पा र मिङमा नुरु शेर्पा, निमित्त प्रमुख प्रसासकिय अधिकृत चेतनाग कट्टेल, ईलाका प्रहरी कार्यलय लुक्लाका ईन्चार्ज यादव खड्का लगायतको उपस्थिति रहेको थियो ।
तालिम १५ दिन सम्म हुने छ ।
समाचार/तस्बिर- सेानाम याङजी शेर्पाकेा सहयेागमा
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology