• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एक दिनमा एउटा स्याउ, डाक्टरकहाँ धाउनुपर्दैन !

एक दिनमा एउटा स्याउ, डाक्टरकहाँ धाउनुपर्दैन !


समायोजन खबर
  • आइतबार, फाल्गुन १३ २०७४

  • काठमाडौं — दिनको एउटा स्याउ खाँदा डाक्टरकहाँ धाउनुपर्दैन भन्ने पुरानो आहान नै छ । वास्तवमा स्याउ एकदमै स्वस्थकर खानेकुरा हो ।
    स्याउमा एन्टीअक्सिडेन्ट, फाइबर र फ्लेभोनोइड प्रशस्त पाइनछन् । यसमा भएको फाइटोन्युट्रिएन्टले धेरैथरी फाइदा गर्छ ।
    स्याउमा धेरै पानी र फाइबर हुन्छ । त्यसैले यसलाई पूर्ण आहार बनाउँछ । अझ यसमा भएका प्राकृतिक कम्पाउन्डले तौल घटाउन मद्दत गर्छ ।
    स्याउमा सोलुबल फाइबर हुनाले मुटुरोगको सम्भावना घटाइदिन्छ र यसले कोलेस्ट्रोल स्तर पनि घटाउँछ । अझ, यसमा भएको पोलीफेनोलले रक्तचाप घटाउँछ ।
    पेटको अग्न्याशय (प्यानक्रियाज) मा भएको बिटा सेलहरूको टिस्युमा क्षति पुग्नबाट बचाउनका लागि स्याउमा भएको पोलीफेनलले मद्दत गर्छ ।
    स्याउमा भएका प्राकृतिक कम्पाउन्डले क्यान्सरसँग लड्न मद्दत गर्छ । केही अध्ययनहरूले स्याउ र क्यान्सर घटाउने बीचको सम्बन्धलाई देखाएका छन् ।
    स्याउमा भएको एन्टीइन्फ्लेमेटोरी तथा एन्टीअक्सिडेन्ट कम्पाउन्डले दमबाट बचाउँछ ।
    स्याउमा भएको फाइबरले राम्रो ब्याक्टेरिया जन्माउँछ र यसले शरीरलाई मोटोपना, टाइप टु मधुमेह तथा मुटुरोगबाट बचाउँछ ।
    स्याउको रसले बुढ्यौली तथा मानसिक रोग हटाउँछ । यसले न्युरोट्रान्समिटर घटाउन रोक्छ । न्युरोट्रान्समिटरले हाम्रो स्मरणशक्तिलाई राम्रो बनाउँछ ।
    स्याउले हाडलाई पनि बलियो बनाउँछ ।
    एजेन्सीको सहयोगमा

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology