• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पाकिस्तानले मोदीलार्इ पठायेा झण्डै तीन लाखकेा बिल , यस्तेा छ कारण

पाकिस्तानले मोदीलार्इ पठायेा झण्डै तीन लाखकेा बिल , यस्तेा छ कारण

पाकिस्तानी आकाश प्रयोग गरेबापत झण्डै तीन लाख रुपैयाँ तिर्नुपर्ने


समायोजन खबर
  • सोमबार, फाल्गुन ७ २०७४

  • नयाँ दिल्ली, फागुन ७ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश भ्रमणका क्रममा पाकिस्तानी आकाश प्रयोग गरेबापत झण्डै तीन लाख रुपैयाँ तिर्नुपर्ने भएको छ ।

    पाकिस्तानले मोदीको विमानले पाकिस्तानी आकाश प्रयोग गरेबापत २ लाख ८६ हजार रुपैयाँ तिर्नुपर्ने भन्दै  ‘रुट नेभिगेशन शुल्क’ बापत पाकिस्तानले भारतलाई बिल पठाएको हो ।

    भारतीय प्रधानमन्त्री मोदी पाकिस्तानका तत्कालिन प्रधानमन्त्री नवाज शरीफसँग भेट गर्न आकस्मिक रुपमा लाहोर पुगेका थिए । यसबापत पाकिस्तानले ‘रुट नेभिगेशन चार्ज’ एक लाख ४९ हजार तोकेको छ ।

    त्यस्तै मोदीले सन् २०१६ मे महिनामा इरान भ्रमणका लागि पाकिस्तानी आकाश प्रयोग गरेबापत ७७ हजार २१५ रुपैयाँ नेभिगेशन शुल्क तोकिएको छ । त्यस्तै सोही वर्षको जुन महिनामा कतार भ्रमणका क्रममा मोदी सवार विमानले पाकिस्तानी आकाश प्रयोग गरेबापत ५९ हजार २१५ रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ ।

    विदेश भ्रमणलाई मोदीले निकै प्राथमिकता दिएका छन् । पछिल्ला दुई वर्षमा उनको विदेश भ्रमणका क्रममा भारतीय वायु सेनाको विशेष विमान प्रयोग गरेबापतको खर्चमात्र करिब दुई करोड रुपैयाँ रहेको बताइएको छ । (एजेन्सी)

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology