डोटी, ७ फागुन । डोटी जिल्ला अस्पतालमा कार्यरत डा जितेन्द्र सिंहमाथि सांघातिक आक्रमण भएको छ।
आक्रमणबाट टाउको, हात लगायतमा गम्भीर चोट लागेको र उनको अहिले सोही अस्पतालमा उपचार भइरहेको छ। आइतबार दिउँसो साढे २ बजे उनीमाथि आक्रमण भएको हो। उनको नाथ्री फुट्नुका साथै दाँतसमेत भाँच्चिएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको कक्षमा बसिरहेको अवस्थामा आफूमाथि विजयसिंह विष्ट, टेकबहादुर विष्ट, हिक्मतबहादुर विष्ट, अरुण महत लगायतको टोलीले कुटपिट गरेको पीडित सिंहले बताए।
घटनाको विरोध गर्दै चिकित्सक समाज नेपालले दोषीमाथि कारबाहीको माग गरेको छ। चिकित्सा जस्तो संवेदनशील क्षेत्रमा हुने गरेका आक्रमणका दोषीउपर चाँडै कारबाही नभए आन्दोलनको चेतावनीसमेत दिइएको छ।
source-mirmireonline
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology