समायाेजन खबर/२३माघ ,काठमाडौं- संघीय समाजवादी फोरम नेपालका नेता पूर्णलाल घर्ती मगरको आइतबार ‘हर्ट अट्याक’का कारण काठमाडौंमा निधन भएको छ ।
उनी पार्टीको संघीय मगर संघका अध्यक्ष थिए ।
पार्टीभित्र उनी निरन्तर पहिचान र समानताको आन्दोलनमा लडिरहने नेताका रुपमा परिचित थिए । रोल्पाको गाम स्थायी घर भएका उनी काठमाडौंको गोंगबुमा बस्दै आएका थिए ।
पार्टीका सक्रिय नेताको असामयिक निधन भएपछि सामाजिक सञ्जालमार्फत धेरैले मगरप्रति श्रदाञ्जली अर्पण गरिरहेका छन् ।
मगरकाे दाहसंस्कार साेमबार काठमाडाैमै गरिने बताइएकाे छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology