• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

घुमघाम-रारा जाउँ, मुर्माटप नछुटाऊँ (फोटो फिचर)

घुमघाम-रारा जाउँ, मुर्माटप नछुटाऊँ (फोटो फिचर)


समायोजन खबर
  • आइतबार, माघ २१ २०७४

  • SONY DSC

    समायोजन खबर माघ २१/ खोटाङ,

    नेपालकै सबैभन्दा ठुलो तालका रुपमा परिचित रारा ताल प्रदेश नम्बर ६ को प्रमुख पर्यटकिय केन्दका रुपमा हेरिन्छ । अन्य प्रदेशका हिसावमा प्रदेश नम्बर ६ प्राकृतिक स्रोत साधनले पनि धनी छ ।

     

    हरेकको नजरमा रारा छ, रारा हेर्न देश तथा बिदेशका आन्तरिक तथा बाहिय पर्यटक रारा पुग्छन ।  रारा पुग्दैमा सबै मनोरमदृश्य देख्न पाईदैन त्यसका लागी ४५ मिनेटको उकालो चढी मुर्माटपमा जाउँ , राराको मनोरमदृश्य संगै कान्जिरोवा हिमाल,सिस्ने सैपाल हिमाल लगायत प्रदेश नम्बर ६ र ७ का मनोरमदृश्य मज्जालेनै नियाल्न पाईन्छ ।

    समुन्द्र सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको राराले दिनमा निकै चोटी रङ्ग फेर्छ । कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो । मौसम अनुसार दिनमै चार पाँच चोटी फेरिने राराको पानीको रङ्गमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छाँया । अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सरा देखिन्छ ।

     

    काठमाण्डौंबाट पहिलो चोटी रारा ताल घुम्न आएका बिशाल हमालले पनि यस्तै अनुभव गर्नु भयो । मुगु सदरमुकाम गमगडीको पश्चिम पट्टि १० किमी लम्बाई र ३ किमी चौडाईमा फैलिएको १६७ मिटर गहिरो रारा हेर्ने पर्यटकहरु बढेका छन् अचेल । २०६९ साल पौष १ गते सडक उद्घाटन भई सदरमुकाम गमगडीसँग जोडिएको रारामा  यसको एकवर्ष पछि नियमित रुपमा गाडी चल्न थाल्यो । त्यस यता रारा आउनेलाई सजिलो भयो ।

    रारा आउने प्रर्यटक रारासम्मको लक्ष्य लिईएर मात्र आउने गर्दछन । रारा आईसकेका पर्यटकले एक पटक रारासंग रमाउन मुमाटर्प जानैपर्ने र राराको चित्रण गर्न सकिन्छ ।

    तश्विर: नन्दबहादुर रोकाया / साझासबाल मुगु 

     

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology