चिसाङ शेर्पा माघ/७ खोटाङ,
नेपाली राजनीति ईतिहासमा सम्भवतः सपना राई सबैभन्दा सानो उमेरका शसक्क्त महिला नेतृ हुन् । खोटाङको दिपु्रङ गाउँपालिका छोरम्बु तीनका स्थानिय राई सोही पालिकाकी उपप्रमुख हुन् । २०५० साल जेठ १६ गते पिता रुद्र बहादुर राई र आमा बिना राईको कोखबाट साईली छोरीको रुपमा जन्मनु भएका सपनाको जिवनमा गएको असार १४ गते सम्पन्न स्थानिय निर्वाचनसँगै कायापलट छाएको छ ।
शान्ती मावि छोरम्बुमा कक्षा आठ अध्ययन गर्दागर्दै नेपाल विधार्थीसंघको राजनीति शुरु गरेका उनले २०६५ सालमा प्रबेशिका परिक्षा उतिर्ण गरेका हुन् । सपनाले दिक्तेल बहुमुखी क्याम्पसबाट २०६७ सालमा प्रबिणता प्रमाणपत्र तह उतिर्ण गरेका हुन् । हाल अध्ययनसँगै राजनीतिमा सक्रिय उपप्रमुख सपना दिपु्रङ गाउँपालिकालाई संमृद्ध बनाउने उद्देश्यमा रहेका छन् । स्थानिय सरकार कायम हुंदा उनी नेपालको सबैभन्दा कान्छी उमेर २४ बर्षका गाउँपालिका उपप्रमुख हुन् ।
कलकहलाउदो उमेरकी युवती स्थानिय निर्वाचन अगाडी गाउँगाउँमा आश्वसन बाड्दै भोट मागेर हिडेका देख्दा कसैले पनि जित्छन् भन्ने बिश्वास गरेका थिएनन् । गाउँका युवायुवती, बृद्धबृद्धाले आशा नगरेका सपनाले अन्ततः स्थानिय निर्वाचन जितिन् । सपनालाई अहिले भोट माग्दाका ति बाचाहरु पुरा गर्न रहर र बाध्यता बनेको छ । पालिकालाई संमृद्ध बनाउन बाध्यताभन्दा रहर बढी रहेको उनी स्वीकार्छन । “मानिस जन्मेपछि केही गर्नुपर्छ, मानव भएर मानवकै सेवा गर्नुपर्छ भन्ने उद्देश्य लिएर राजनीतिमा लागेका सपनाको राजनीतिक सपना साँच्चीकै पुरा भएको छ ।”

आफु महिला भएकाले महिला र युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिंदै गाउँपालिका उपप्रमुख बनेको ६ महिना गुज्रंदा सपनाले पालिका प्रमुखसँगको सहकार्यमा पालिकाभित्रका ७ वडामा शिशु पोषण प्रर्बद्धन भत्ता प्रतिमहिना हजार रुपैयाँका दरले बिनियोजन गरेका छन् । आङ खस्ने महिलाहरुका लागि बजेट छुट्याएको र पहिचानगरी फागुनभित्रमा उपचार गर्ने उनी बताउँछन् । पालिकाभित्र ७० बर्ष पुरा गरेका बृद्धबृद्धाका लागि स्वास्थ्यकर्मीलाई घरमै पठाएर उपचार गराईने र उपचार खर्च पालिकाले ब्यहोर्ने दिपु्रङ गाउँपालिका उपप्रमुख राईले बताईन् ।
पालिकाभित्रका ६५ बर्षमाथीका बृद्धबृद्धालाई सवारीसाधानमा निशुल्क भाडा, शिशुको पौष्टिक खाना लिटोका लागि पालिकामा खाध्यपदार्थको पहिचान गरेर लिटो बनाउने, त्यसबापत केही महिलालाई रोजगारी दिने, भीरचुङ्माडाडाँको सफल प्याराग्लाईडिङलाई चार वर्षभित्र व्यवसायिक बनाउने, सुनकोशी नदीमा ¥याफ्टिीङ सञ्चालन गर्ने, बतासेको भण्डारेघाट बजारमा पम्पिङ प्रविधि गरेर खानेपानी आपुर्ती र पालिकाभित्रका सातै वडामा बिजुली बत्ती, सडक पु¥याउने सपना रहेको सपनाले सुनाईन् ।
साधरण जिबनबाट गाउँपालिका उपप्रमुख हुंदा जीवनशैलीमा परिबर्तन आउनुले थप कार्याभार काँधमा आईपरेको र आफ्ना साथीसङगीलाई समय दिन नसकेकोमा दुखी हुनु परेको उनी स्वीर्काछन् । यद्यपी, आफ्नो पालिकाभित्रका जनतालाई सेवा सुविधा दिन पाउँदा चौगुणा सुख मिल्ने उनले बताए ।

जीबन जगतलाई चिन्न सक्नुपर्छ भन्ने अठोट लिएर राजनीतिमा होमिएका उपप्रमुख राई साथीसंगीसँग बसेर भलाकुसरी गर्न, गीतसंगीत सुन्न रुचाउँछन् । जिबनमा बिश्वासघात गर्न मन नपराउने उनी पालिका उपप्रमुख मात्रै नभई आफु एक युवती भएको र विवाह मानब जिबनको अपरिहार्य सम्बन्ध रहेको बताईन ।
विवाह हुन्छ तर, कहिले हुन्छ यक्कीन थाहा नभएको बताउने सपनाले हालसम्म आफु सिंगल भएको बताईन् । व्वाईफ्रेण्ड नभएको र बनाउनका लागि फुर्सद नभएकाले विवाह कहिले हुन्छ भन्ने आफैलाई पत्तो नभएको उनले बताईन् । उनी भन्छिन् “मेरा लागि विवाहभन्दा यहाँका जनतालाई सुख र यस ठाँउ संमृद्ध बनाउनु मेरो प्राथमिकताका विषय हुन् ।”
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology