• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सोलुखुम्बुमा प्रतिलिटर ५ रुपैयाले पेट्रोलको मुल्य घट्यो

सोलुखुम्बुमा प्रतिलिटर ५ रुपैयाले पेट्रोलको मुल्य घट्यो

नविकरण बिनै सोलुखुम्बुमा तीन सय उनन्तीस मदीरा पसल सन्चालनमा


समायोजन खबर
  • सोमबार, माघ १ २०७४

  • फाइल फोटो।

    समायोजन खबर माघ/१ खोटाङ,

    सोलुखुम्बुमा प्रतिलिटर ५ रुपैयाले पेट्रोलको मुल्य घटाईएको छ । सवारी साधन प्रयोगकर्ताहरुले सोलुखुम्बु र ओखलढुङ्गाका आयल स्टोसहरुले पेट्रोलियम पदार्थको मुल्य बढि लिएको गुनासो गरेपछि आयल स्टोर्स र प्रशासनको सहमतीमा पेट्रोलको मुल्य घटाईएको हो । सोलुखुम्बुमा यसअघि पेट्रोलको मुल्य १ सय २७ थियो । जिल्ला प्रशासन र आयल स्टोर्सबिच भएको वैठकले हाल ५ रुपैया घटाएर १ सय २२ प्रतिलिटर पु¥र्याइएको छ ।

     

    भर्खरै सरकारले डिजेलमा ५ रुपैया बढाएको भएपनि सोलुखुम्बुका लागी आधिकारीक बिक्रेता दुधकोसी आयल स्टोर्सले प्रतिलिटर डिजेल ९० रुपैयामा बिक्रि गर्ने गरेको सञ्चालक पासाङ काजी शेर्पा पिकेले बताउनुभयो । यसअघि डिजेल प्रतिलिटर ८७ रुपैया थियो भने, ५ रुपैया मुल्य बढेपनि सोलुखुम्बुमा भने ३ रुपैया मात्रै बढाएको हो । चिसो मौसममा डिजेल जम्ने र पेट्रोल उड्ने समस्याले पनि व्यवसायीलाई घाटा लाग्ने गरेको शेर्पाको भनाई छ । जिल्लामा पेट्रालको खपत कम हुने भएकाले पनि ढुवानीमा समस्या रहेको शेर्पाको भनाई छ ।

    नविकरण बिनै सोलुखुम्बुमा तीन सय उनन्तीस मदीरा पसल सन्चालनमा

    यस्तै,नविकरण बिनै सोलुखुम्बुमा तीन सय उनन्तीस मदीरा पसल सञ्चालन रहेको पाईएको छ । जिल्लामा रहेका चार सय २३ मदिरा पसल मध्ये तीन सय उनन्तीस विना नविकरण सञ्चालनमा रहेको कोष तथा लेखा नियन्त्रणको कार्यलय सल्लेरीले जनाएको छ ।

     

    चालु आर्थिक बर्ष २०७४/७५ मा जिल्लाभरिमा पचासी ओटा मात्र मदिरा पसल नविकरण भएको छ भने नौ वटा मदीरा पसल दर्ता गरीएको कोष तथा लेखा नियन्त्रण कार्यलयका सुचना अधिकृत युवराज थापा मगरले जानकारी दिनुभयो । हालसम्म कार्यलयमा दर्ता भएको मध्ये एकसय भन्दा बढि मदिरा पसल बन्द भईसकेका छन् ।

     

    अनुगमन प्रकृया जारी रहेको भन्दै लोकल उत्पादनको प्रयोगलाई न्यनीकरण गर्नसके जथाभावी खोलीएका मदिरा पसलमा गिरावट आउने कार्यलयको अनुमान छ । कार्यालयमा २०६२ साल यता दर्ता भएको मदीरा पसल नवीकरणमा व्यवसायिहरुले अटेर गरेको पाईएको हो । मदिरा पसलहरु नविकरण बिनै सन्चालनमा आए पनि अनुगमन गर्ने निकाय भने मौन बसेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology